हेटौंडा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा पनि मतगणना सुरु भएको छ ।
निर्वाचनमा ३४७ मतदातामध्ये ३४२ जनाले मतदान गरेका छन् ।
स्थानीय तहका २३७ मतदातामध्ये २३४ जनाले मतदान गरे । प्रदेशसभा सदस्यतर्फ ११० मध्ये १०८ जनाले मतदान गरेका छन् ।
यसअघि निर्वाचनअन्तर्गत सुदूरपश्चिम र काेशी प्रदेशमा मतगणना सुरु भएकाे थियाे । मतगणनापछि आजै परिणाम सार्वजनिक गर्ने निर्वाचन आयाेगकाे तयारी छ ।

Leave a Reply