माओवादीका पूर्वब्रिगेड कमाण्डर पक्राउ गरेकोप्रति बाबुरामको आपत्ति, आवश्यक कदम चाल्न प्रचण्डसँग माग

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीका पूर्वब्रिगेड कमान्डर तथा पार्टीका केन्द्रीय सदस्य जितमान पुन (मार्शल) पक्राउ गरेकोप्रति आपत्ति जानएका छन्।

जनयुद्धकालीन मुद्दामा पार्टीका नेता पुनलाई गिरफ्तार गरिएको भन्दै तुरुन्त आवश्यक कदम चाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड जनयुद्धका कमाण्डर हुन्। पक्राउ परेका पुन रुकुम पूर्वको भुमे गाउँपालिका १ का हुन्।

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ (पूर्वी रूकुम)लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छु अध्यक्ष भट्टराईले भनेका छन्, ‘हामी यो घटनाको तीव्र भर्त्सना गर्दछौं र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौं।’
पु

नलाई केही दिनअघि काठमाडौंबाट पक्राउ बुझिएको छ। उनीमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *