बालेनले गरे राष्ट्रियसभा चुनावको मतदान बहिष्कार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका छन् । राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन् । उपमेयर सुनिता डंगोल भने हेटौंडा पुगिसकेकी छन् ।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले मेयर शाह हेटौंडा नगएको जानकारी दिए । उनले नेपाल प्रेससँग भने, ‘उहाँ कार्यव्यस्तताले नजानुभएको हो । बेलुकासम्म पनि जानु हुन्न ।’

राष्ट्रियसभाको चुनावमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *