मौन अवधिमा दलको भेलापछि मोरङका सिडिओलाई आयोगको पत्र- सत्यतथ्य बुझेर २४ घण्टाभित्र प्रतिवेदन बुझाउनू

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको मौन अवधिमा दलहरुका नेताहरुको भेलाप्रति निर्वाचन आयोगले चासो देखाएको छ । आयोगले मोरङका सिडिओलाईलाई पत्र काट्दै २४ घण्टाभित्र सत्यतथ्य बुझि प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मौन अवधिमा राष्ट्रिय सभा सदस्य निर्वाचनसँग सम्वन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था भएकोमा सो विपरीत हुनेगरी मोरङ जिल्लाको विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट आयोगमा प्राप्त हुन आएको जनाइका छन् ।

विज्ञप्तिमा भनेका छन्, ‘…आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन ? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङलाई आयोगबाट निर्देशन दिइएको छ ।’

साथै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न प्रचलित कानून र आयोगबाट जारी गरिएको निर्वाचन आचार संहिता पालना गर्न गराउन सम्वन्धित सबैमा अपिल समेत गरेको छ। आज विराटनगरमा निर्वाचनलाई लक्षित गरेर कांग्रेस नेता डा. शेखर कोइराला र एमाले राप्रपा गठबन्धनका नेताहरुले पनि छट्टाछुट्टै भेला तथा छलफल गरेपछि आयोगले चासो राखेको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *