वाणिज्य बैंकहरुले ३५ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गराएको आशंका

काठमाडौं । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले वाणिज्य बैंकहरुले ३५ अर्ब ५७ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गराएको आशंका सहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनानस कम्पनी, जीवन बिमा लगायत गरी ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका गरेको छ ।

सम्पत्ति शुद्धीकरण गराउनेमा वाणिज्य बैंकले सबैभन्दा अगाडी देखिएको छ । वाणिज्य बैंकमा शंकास्पद कारोबार ५ हजार १८७ देखिएको छ । जबकि अघिल्लो वर्ष २ हजार ३८० वटा कारोबार शंकास्पद देखिएको थियो ।

विकास बैंकले १६ करोड १७ लाख ७० हजार, फाइनान्स कम्पनीले २२ करोड ६४ लाख ७ हजार, जीवन बीमा कम्पनीले ४ करोड ३९ लाख २० हजार, भुक्तानी सेवा प्रदायकबाट १३ हजार, विप्रेषण कम्पनीबाट ८ करोड ८१ लाख १० हजार र स्टक ब्रोकर कम्पनीबाट २६ करोड २९ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गराएको आशंका गरिएको छ ।

पछिल्लो समय शंकास्पद कारोबार बढ्दै गएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष २ हजार ७ सय ८० वटा कारोबार शंकास्पद देखिएकोमा गत आर्थिक वर्ष त्यस्तो कारोबार बढेर ५ हजार ९ सय ३५ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *