काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ ।
आयोगका अनुसार नापी सर्वेक्षक यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार घुससहित पक्राउ गरिएको हो ।
उनीहरूलाई मङ्गलवार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।

Leave a Reply