अध्यक्ष सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्रान्तिकारीको दाबी- जाहेरी योजनावद्ध, कपोकल्पित र तथ्यहीन हो

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्षा पञ्चा सिंहविरुद्ध १५ वर्षअघिको घटनामा पक्राउ पुर्जी जारी भएपछि क्रान्तिकारीले ध्यानाकर्षण भएको जनाएको छ ।

१५ वर्ष अगाडि भएको हत्याको घटनालाई लिएर पञ्चासहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले गत शुक्रबार अनुमति दिएसँगै संगठनमा तरंग पैदा भएको थियो ।

यही विषयमा अनेरास्ववियुका महासचिव दिपेश पुनले विज्ञप्ति जारी गर्दै उक्त घटनामा आफ्नो संगठनका कुनै पनि नेता कार्यकर्ताको संलग्नता नरहेको दाबी गरेका छन् ।

क्रान्तिकारीले संलग्न नै नभएको विषयमा व्यक्तिलाई बदनाम गराउने उद्देश्य राखेर दर्ता गरिएको जाहेरी निशर्त खारेजीको माग गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *