जनकपुरधाम । जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जनता समाजवादी पार्टीका सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जनमतका मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यावदले बताए ।
मधेश सरकारमा जनमत पार्टीको तर्फबाट महेशप्रसाद यादव शिक्षा तथा संस्कृतिमन्त्री र चन्दन सिंह श्रम तथा यातायातमन्त्री छन् ।
समर्थन फिर्ता लिने निर्णयसँगै उनीहरुले राजीनामा दिएका छन् ।


Leave a Reply