सभामुखलाई युवराज सफलकाे निवेदन, रविमाथि छानबिन समिति बनाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछाने विरुद्ध संसदमा उजुरी परेको छ ।

यस अघि लामिछानेलाई उपप्रधान एवम गृहमन्त्रीको जिम्मेवारीबाट हटाउन सफल भएका सामाजिक अभियन्ता युवराज सफलले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे समषम मंगलबार उजुरी दिएका हुन् ।

सफलले लामिछानेमाथि लागेको सहकारी ठगी आरोपको आवश्यक छानबिनका लागि छानविन समिति बनाउन माग गरेका छन् ।

३५ हजार बचतकर्ताको करिव ५२ करोड घोटाला प्रकरणमा लामिछानकेो संलग्नता के कसरी भएको हो, त्यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक पर्ने भन्दै लामिछानेको सहकारी ठगी सम्बन्धी विषयमा आवश्यक छानविन गर्न समितिको आवश्यकता परेको भन्दै तत्काल संसदीय टानविन समिति गठन गरेर दोषीलाई कारवाही र पीडितलाई न्याय दिनका लागि सभाभमु समक्ष निवदेन पेश गरेका छन् ।

यस्तै सफलले लामिछाने विरुद्ध लामिछाने नै सदस्य रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उजुरी गरेका छन् ।

समितिमा दिएको उजुरीमा उनले समितिमा छलफल गराएर दोषीलाई कारबाही र पीडितलाई न्याय दिनका लागि माग गरेका छन् ।

लामिछानेविरुद्ध उनी श्रृंखलावद्ध रुपमै विभिन्न उजुरी दिँदै आएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *