विद्वान गुरूङको दाबी- सभापति देउवाले सबैलाई समेटेर अघि बढ्नुभएको छ

पर्वत । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले कांग्रेस अब नयाँ ढंगले अगाडि बढ्ने बताएका छन् । सोमबार पर्वत जिल्लाको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले भने, ‘अहिले जति पनि विकासका पूर्वाधार बनेका छन् ती नेपाली कांग्रेस नेतृत्वको सरकारले तयार गरेको हो ।’

नेपाली कांग्रेस कुनै सोसल मिडिया फेसबुक अथवा ट्वीटरबाट बनेको पार्टी नभएको, बीपी कोइरालाको आर्दश र विचारबाट नेपाल कांग्रेस बनेको गुरुङले बताए । उनले भने, ‘एउटा सम्भ्रान्त परिवारले शासन गरेको युगमा जनतालाई रैती बनाएका थिए । तिनी नेपाली जनतामाँझमा बीपी कोइरालाको सोच र भिजनबाट स्थापना भएको पार्टी नेपाली कांग्रेस हो ।’

उनले भने, ‘नेपाली कांग्रेसमा धेरै नेताहरुले त्याग गर्नुभएको छ । अबका दिनमा नेपाली कांग्रेस नयाँ ढंगले अगाडि बढ्ने छ । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वले सबैलाई समेट्नु भएको छ ।’ आफू प्रधानमन्त्री हुँदा सभापति देउवाले महिला, दलित, आदिवासीलगायत सबैलाई समेटेको उनले दाबी गरे । अहिले जति पनि विकास भएको छ, नेपाली कांग्रेसको कारणले भएको गुरुङको दाबी छ।

‘कांग्रेसले आश्वसन बाँड्दैन, जे गर्छ त्यो मात्र भन्छ’, अध्यक्ष गुरुङले भने, ‘जिल्लाका हरेक गाउँमा मोटरबाटो पुगेको छ, शिक्षा र स्वास्थ्यको आधारभूत सेवा उपलब्ध छन्, यी सबै नेपाली कांग्रेसले तयार गरेको पूर्वाधारबाट सम्भव भएको हो ।’

Comments

One response to “विद्वान गुरूङको दाबी- सभापति देउवाले सबैलाई समेटेर अघि बढ्नुभएको छ”

  1. ksp pyl Avatar
    ksp pyl

    भजन मण्डली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *