नेकपा एसको दस्तावेज मस्यौदा समितिको पहिलो बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दस्तावेज मस्यौदा समितिको पहिलो बैठक बसिरहेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा आगामी महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज मस्यौदाका विषयमा छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष माधव नेपालको संयोजकत्वमा दस्तावेज मस्यौदा तयार गर्न २७ सदस्यीय दस्तावेज मस्यौदा समिति बनाएको थियो ।

पार्टीको विधानलाई टुंग्याउन माघ १४ र १५ गते केन्द्रीय परिषद् बैठक बस्दैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *