गृहमन्त्री भन्छन्- सहकारीको रकम हिनामिना गरेर जनता ठग्नेलाई कारबाही गर्न अनुसन्धान थालिसक्यौँ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीका सञ्चालकले मनपरी गरेर बचतकर्तालाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएका छन्।

महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै सहकारीका कारोबारका बारेमा चाँडै अनुसन्धान थालिने बताए।

उनले भने, ‘अपराध कर्म तथा ठगीमा संलग्न सहकारी सञ्चालकलाई कारबाही तथा बचतकर्तालाई न्याय दिने प्रक्रिया अघि बढेको छ। सरकारले बचतकर्तालाई न्याय दिनेछ, सहकारीलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाइनेछ।’

उनले कानून संशोधन गरेर सहरकारीलाई पुनः परिभाषित गर्ने र त्यस आधारमा सहकारी सञ्चालन गर्नुपर्ने बताए।

सहकारीलाई बैंक जस्ता संस्थाका रूपमा गतिविधि गर्न नपाइने उल्लेख गर्दै गठन आदेशद्वारा नियामक निकाय गठन, बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई प्रभावकारी बनाउने बताए।

पछिल्लो समय वित्तीय अपराधको अनुसन्धानका निम्ति आवश्यक कानुनी र संस्थागत व्यवस्थाको प्रबन्ध गर्ने, प्रविधि र दक्ष जनशक्तिको विकास गरेर कारबाहीको दायरामा ल्याइने बताए।

Comments

One response to “गृहमन्त्री भन्छन्- सहकारीको रकम हिनामिना गरेर जनता ठग्नेलाई कारबाही गर्न अनुसन्धान थालिसक्यौँ”

  1. ksp pyl Avatar
    ksp pyl

    अधिकाँश सहकारी ठग्ने काँग्रेस र माओवादी छन् । हेरौ काजिको हिम्मत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *