काठमाडौं । काठमाडौंमा एक नक्कली डाक्टर पक्राउ परेका छन् । धौलागिरी पोलिक्लिनिक चलाएर बसेका सम्बुद्ध भट्टाचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । टिचिङ अस्पतालमासमेत काम गरेको भन्दै उनले काठमाडौंका विभिन्न क्लिनिकमा उपचार गर्ने गरेको बताइएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर उनले आफूलाई डाक्टर भएको भन्दै काम गरेको प्रहरीको भनाइ छ ।

Leave a Reply