चिसो बढेपछि रुपन्देहीका विद्यालयमा सार्वजनिक बिदा

रुपन्देही । केही दिनयता तराइमा हुस्सु, कुहिरो र शीतलहरीसँगै चिसो बढेपछि रुपन्देहीका स्थानीय सरकारले विद्यालयमा सार्वजनिक बिदाको आह्वान गरेका छन् । केही दिनयता रुपन्देहीसहित तराईका धेरै स्थानहरूमा हुस्सु र शीतलहर लागेको छ ।

अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरले आजदेखि माघ ९ गतेसम्म विद्यालय बिदा आह्वान गरेको छ भने तिलोत्तमा नगरपालिकाले माघ १० गतेसम्म सार्वजनिक बिदा आह्वान गरेको छ ।

यसै गरी सिद्धार्थनगरनगरपालिका लगायतका अन्य पालिकाहरूले पनि सार्वजनिक बिदा आह्वान गरेका छन् ।

चिसो अत्यधिक बढेका कारण बालबालिकाहरू तथा वृद्धवृद्धाहरुलाई सकेसम्म घर बाहिर ननिस्कन चिकित्सकहरूले सल्लाह दिएका छन् । सकेसम्म उनीहरूलाई न्यायो ठाउँमा बस्नुपर्ने बताइएको छ ।

यसै गरी अन्य उमेर समूहका व्यक्तिहरूले समेत न्यानो र बाक्लो कपडा लगाएर बाहिर निस्कन चिकित्सकहरूको सल्लाह छ ।

तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन साथै मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *