नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम अध्यक्षमा पाठक

कैलाली । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा श्याम पाठक निर्वाचित भएका छन् ।

शनिवार धनगढीमा सम्पन्न प्रदेशको पाँचौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशनबाट पाठक सर्वसम्मत निर्वाचित भएका हुन ।

निवर्तमान प्रथम उपाध्यक्ष समेत रहेका पाठक लामो समयदेखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सक्रिय रहेका छन् ।

त्यस्तै महासङ्घको प्रथम उपाध्यक्षमा सञ्जयकान्त मिश्रा, द्वितीय उपाध्यक्षमा जयराज जोशी, सचिवमा निलमराज जोशी, कोषाध्यक्षमा जनकराज भट्टराई, सह९सचिवमा डिल्लीराज ओझा समर्पण र सह कोषाध्यक्षमा गौरव बोहरा निर्वाचित भएका छन् ।

हरि प्रसाद भट्ट र नवराज भण्डारी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् भने बाँकी सदस्यलाई प्रदेश कमिटीले मनोनीत गर्नेछ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष मेखराज दाहालको सभापतित्वमा भएको तेस्रो प्रवेश अधिवेशनमा प्रमुख अतिथिमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सञ्जय कुमार चौधरी रहेका थिए ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष,सचिव र केन्द्रीय सदस्य लगायत सुदूरपश्चिम प्रदेश भरीका पुस्तक व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *