०४६ को परिवर्तनपछि प्राप्त भएका उपलब्धि उल्टाउने खेल भइरहेको छ: सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ०४६ को परिवर्तनपछि प्राप्त भएका उपलब्धि उल्टाउने खेल भइरहेको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको भेटघाट कार्यक्रम नेपाली कांग्रेस जिल्ला पाटी कार्यलय बिराटनगरमा बोल्दै नेता सिंहले संविधानसभाबाट बनेको संविधान आम नागरिकले उपयोग गर्ने अवस्था बनाउनु कांग्रेसको जिम्मेवारी भएको बताए ।

संघीय लोकतान्त्रीक गणतन्त्रात्मक समावेशी संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै उनले संविधानले दिएका अधिकार जनतामा पुर्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले परिवर्तन विरोधीहरूले त्यसलाई समाप्त पार्न पहिला कांग्रेसलाई कमजोर पार्न चाहिरहेको भन्दै पार्टी बलियो बनाउनुपर्नेमा जोड दिँदै अस्वस्थ प्रतिस्पर्धाले कहीँ नपुगिने बताए ।

सिंहले कोशी प्रदेशबाट उम्मेदवार रहेका गठबन्धन उम्मेदवार जिताउनका लागि लाग्न आग्रह पनि गरे । उनले कांग्रेस उम्मेदवार कृष्ण सिटौलालाई भेटेरै कोशी प्रदेशको अवस्थाबारे जानकारी लिँदै जितको शुभकामना समेत दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *