बोक्सीको आरोपमा कुटपिट गरी हत्या गर्ने १५ वर्षपछि समातिए

काठमाडौं। १५ वर्षअघि बोक्सीको आरोप लगाउँदै कुटपिट गरी हत्या गरेको आरोप लागेका दुई जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेको तत्कालिन शिखर आम्बोटे-१ का ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको हो।

२०६५ साल असोज २९ गते जनकबहादुर मगरको कुटपिटपछि मृत्यु भएको थियो। घटनापछि टंक र सन्त फरार भएका थिए। मृतक जनक उनिहरुका नातेदार हुन्। प्रहरीले दुवैलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *