७ वर्षीय बालिका करणी गर्न उक्साएको आरोपमा तीन जना पक्राउ

रुपन्देही । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न उक्साएको आरोपमा दाङको राजपुर गाउँपालिकामा मतियारसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्लका अनुसार राजपुर गाउँपालिका–७ सिक्टा निवासी ४३ वर्षीय सुकवीर कुमाल र सोही गाउँपालिका–६ बस्ने १० वर्षका दुई जना बालकलाई पक्राउ परेका हुन् ।

सुकवीरले चार जना बालकलाई ती बालिकालाई जबरजस्ती करणी गर्न उक्साउने भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो।

उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाइएको छ भने सुकवीर र अन्य २ जनालाई जिल्ला अदालत दाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। घटना पुस २२ गतेको हो।

प्रहरीमा बालिकाको परिवारको तर्फबाट उजुरी परेपछि संलग्नहरुको पहिचान गरेर नियन्त्रणमा लिइएको र अहिले अनुसन्धानको काम भइरहेको प्रहरी कार्यालयले जनाएको छ। इलाका प्रहरी कार्यालय गढवामा मुद्दा रहेको र अदालतमा म्याद थप गरेर अनुसन्धानको काम अघि बढेको जनाउँदै प्रहरीले दोषी देखिएकाहरुमाथि कानुनी कारबाही हुने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *