नाप नक्सा भएको जग्गा दर्ता गर्न छुटेकाले आगामी दुई वर्षसम्म निवेदन दिनसक्ने

काठमाडौं । सरकारले नाप नक्सा भएको जग्गा दर्ता गर्नसम्म छुटेकालाई आगामी दुई वर्षसम्म निवेदन दिन सक्ने व्यवस्था गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मालपोत नियमावली, २०३६ को नियम चार क को उपनियम एक बमोजिम सूचना राजपत्रामा प्रकाशन गर्न स्वीकृत दिने निर्णय गर्दै यो व्यवस्था गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा ९नापजाँच० ऐन, २०१९ बमोजिम नाप नक्सा भएको जग्गा दर्ता गर्नसम्म छुट भएमा त्यस्तो जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालालले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने म्याद राजपत्रमा सूचना प्रकाशन भएको मितिले दुई वर्षसम्म दिन पाउने व्यवस्था गरेको हो ।

यस्तै कार्यालयमा यस अघि नै निवेदन दिएर पर्छयौट हुन बाँकी रहेका पुराना निवेदन पर्छर्यौट गर्ने म्याद राजपत्रमा सूचना प्रकाशन भएको मितिले दुई वर्षसम्म तोकिएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।

मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ स्थित करेखोलामा चार किल्ला ताकेर पशु बधशाला स्थापना गर्न इजाजत दिने निर्णय पनि गरेको छ भने वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनालाई सर्त पालना गर्नेगरी महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर चारमा पर्ने माईस्थान सामुदाियक वन क्षेत्रको ५४.५८४ हेक्टर जग्गा प्रयोग गर्न दिने र उक्त जग्गामा रहेका विभिन् प्रजातीका १९६७ रुख तथा पोल हटाउन स्वीकृत दिने निर्णय पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *