एकै वर्षमा ५ वटा लोकसेवा परीक्षामा सफल मनिषालाई ओलीको बधाई

रुपन्देही । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले एकै वर्षमा लोकसेवा आयोगका पाँच परीक्षामा सफल भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मनिषालाई बधाई दिँदै मेहनत गर्नेलाई नेपालमा केही छ भन्ने सन्देश भएको बताएका छन् ।

धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेको समाचार बिहीबार प्रकाशन भएको थियो ।

अध्यक्ष ओली लेखेका छन्– ‘गुल्मीकी मनिषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरूमा पढेँ। यो सुखद खबर हो । मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनिषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना ।’

मनिषाले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन् ।

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन् । । यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् ।

उनले माध्यमिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन् । उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन पनि गर्छिन् ।

Comments

3 responses to “एकै वर्षमा ५ वटा लोकसेवा परीक्षामा सफल मनिषालाई ओलीको बधाई”

  1. bharat kumar Thapa Avatar

    मेरी छोरी समीता थापा बानियाँले पनि पहिलोपटक (यसै बर्ष मा) नै श्रावण १४ मा संघीय खरिदार र असोजमा शाखा अधिकृतमा नाम निकालि staff college तालिममा छिन गर्दा हुन्छ ।
    ५ टाउमा नाम निकालेको मा बधाई मनिषा जीसी

  2. bharat kumar Thapa Avatar

    मेरी छोरी समीता थापा बानियाँले पनि पहिलोपटक (यसै बर्ष मा) नै श्रावण १४ मा संघीय खरिदार र असोजमा शाखा अधिकृतमा नाम निकालि staff college तालिममा छिन गर्दा हुन्छ ।
    ५ ठाउमा नाम निकालेको मा बधाई मनिषा जीसी

    REPLY

  3. भास्कर काफ्ले Avatar
    भास्कर काफ्ले

    लोक सेवा मा नाम निकालेर के गर्नु तलब ले भात खाननी पुग्दैन। नेताले नै बदाइ दिएको भनेपछि घुस खाएर प्रगति गर्न सकिन्छ भनेर होला। ए नेता हो प्राइभेट तिर चाइ मोटिभेट गरन। सबै ले लोक सेवा भिड्ने हो भने सबै लाई जागीर खुवाउन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *