प्यूठानको ऐरावती गाउँपालिका पनि सामाजिक सुरक्षा कोषमा आबद्ध

काठमाडौं । प्यूठानको ऐरावती गाउँपालिका पनि सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्तर्गत गाउँपालिका योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत कोषमा आबद्ध भएको हो ।

सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका उपकार्यकारी निर्देशक विवेक पन्थी र गाउँपाकिलाकाका तर्फबाट अध्यक्ष नबिलविक्रम शाहले संयुक्त रुपमा कोषको केन्द्रीय कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कोषमा आवद्ध हुनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे लगत्तै गाउँपालिका अध्यक्ष शाहले आफ्नो गाउँपालिकामा रहेका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई चालू आर्थिक वर्षबाट नै कोषमा आबद्ध गर्ने प्रकृया सुरुवात गर्ने प्रतिबद्धता जनाए । त्यसका लागि गाउँपालिकाले तत्कालै सुचना जारी गरेर श्रमिकबाट आबेदन माग गर्ने कार्यको थालनी गर्ने उनको भनाइ छ ।

कोषका उपकार्यकारी निर्देशक पन्थीले जनताको जीवनयापनमा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याको समुचित सम्बोधन गर्न योगदानमा आधारित सामाजिक सुरक्षा योजना अपरिहार्य भएको बताउदै गाउँपालिकाको यस अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *