राष्ट्रियसभा निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आयोगको ९ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन व्यवस्थापनलाई व्यवस्थित रूंपमा सम्पन्न गर्न गृह मन्त्रालयलाई नौ बुँदे निर्देशन दिएको छ ।

आयोगले निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निर्वाचनको सन्दर्भमा सुरक्षा व्यवस्थापनलाई विश्वसनीय र भरपर्दो बनाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न, गराउन नौ बुँदे निर्देशन दिएको हो ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकबाट भएको सिफारिस समेतका आधारमा बुधबार बसेको आयोगको वैठकले सिफारिस कार्यान्वयनका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।

यस्तो छ निर्देशनः

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *