काठमाडौंको गोठाटार खाेलामा पुरुषकाे शव भेटियो

काठमाडौं । काठमाडौंको मनोहरा कागेश्वरी नगरपालिका- २ स्थित  गोठाटार खोलामा एक जना शव फेला परेको छ ।

शिव चोक र गोठाटार पुलको बीच क्षेत्रमा नदी किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

मृतकको शरिरबाट प्रहरीले एउटा लाइटर पनि भेटेको छ। प्रहरीले भवितव्य भएर ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *