काठमाडौं । आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले आज अन्तिम औपचारिक वार्मअप खेलमा वेस्टइन्डिजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।
दक्षिण अफ्रिकाको जोहननेसबर्गमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले पहिलो औपचारिक वार्मअप खेल स्कटल्यान्डलाई डीएलएस मेथड अनुसार ७ विकेटले पराजित गरेको थियो । अनौपचारिक वार्मअप खेलमा नेपालले स्कटल्यान्डलाई १ सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

Leave a Reply