काठमाडौं । एकीकृत समाजवादी पार्टी तनहुँ जिल्ला सचिवालय सदस्य एवं शुक्लागण्डकी नगर कमिटी सचिव दीपक थापा नेतृत्वको टोली नेकपा एमालेमा फर्केका छन् ।
सो पार्टीका विभिन्न ८७ जना नेता कार्यकर्ता नेकपा एमालेमा समाहित भएका हुन् । उनीहरुलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गरे ।
एमाले शुक्लागण्डकी नगर कमिटी तनहुँले आइतबार बेलचौतारामा आयोजना गरेको कार्यक्रममा उनीहरू एमालेमा समाहित भएका हुन् । समाहित हुनेलाई नेता गुरुङले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
उनीहरूलाई पार्टीमा स्वागत गर्दै उपमहासचिव गुरुङले कम्युनिष्ट पार्टी विभाजित हुँदा देश र जनतालाई हानी हुने बताए । बलियो कम्युनिष्ट पार्टी र कम्युनिष्ट एकता आजको आवश्यकता भएको उनले प्रष्ट पारे ।


Leave a Reply