काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आइतबार बैंकले नयाँ कार्यसमिति चयन गर्दै ३१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाको बैंठकले प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत रुपमा पुनः निर्वाचित गरेको छ ।
नवनिर्वाचित संचालकहरुलाई बधाई दिंदै बैंकको विभिन्न क्रियाकलापका सम्बन्धमा प्रकाश पर्दै अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने बताए ।
अध्यक्ष श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेको तथा तत्कालिन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गरी एकिकृत कारोबार सुरु गरिसकेकको बताए ।
संचालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना संचालक पदमा प्रचण्ड बहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे निर्बिरोध निर्वाचित भए । भने, सर्बसाधारण शेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भए ।

Leave a Reply