काठमाडौं । आज मोबाइल बैकिङ र ई-सेवामा समस्या देखिएको छ । मोबाइल बैंकिङ र ई-सेवामा कारोबार भइरहेको छैन् । केही युजरको मोबाइलमा डिजिटल पेमेन्ट गेटवे लगइन भइरहेको छैन । लगइन भइरहेकोमा पनि कारोबार गर्न मिलेको छैन ।
ई-सेवाले आफ्नो आधिकारिक फेसबुक पेजमा प्राविधिक समस्या आएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिलिराम पोख्रेलले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) मा समस्या आएकाले मोबाइल बैंकिङ र पेमेन्ट गेटवेहरू नचलेको बताए ।


Leave a Reply