कप्तान रोहित र विकेटकिपर आसिफ चल्न नसकेको खेलमा सन्दीपको शतक

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत एपीएफ क्लबका सन्दीप जोराले बागमती प्रदेशविरुद्ध शतक बनाएका छन्।

कप्तान रोहित पौडेल, विकेटकिपर आसिफ शेखसहितका ब्याट्सम्यान चल्न नसके पनि मध्य क्रमका सन्दीपले तल्लो क्रमका ब्याटरसँग साझेदारी गर्दै इनिङ सम्हालेका थिए ।

पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन जोड्यो ।

सन्दीपले एक सय १२ रन बनाए । उनले एक सय १७ बलमा ५ छक्का र ७ चौका हिर्काए।

रोहितले २ र आसिफले १५ रन जोडे भने सुमित महर्जन पनि ६ रन जोडेर आउट भए।

ओपनर प्रज्वल शाहीले १० रन बनाए भने पूरन विकेले खाता खोल्न सकेनन् ।

४१ रनमा ५ विकेट गुमाएर दबाबमा आएको एपीएफको संकट सन्दीपले टारेका थिए।

उनले छैटौँ विकेटका लागि लोकेश बमसँग ६६, आठौँ विकेटका लागि अमर रौतेलासँग ६८ र नवौँ विकेटका लागि अविनाश बोहरासँग ४२ रनको साझेदारी गरेका थिए ।

बागमतीका सूर्य तामाङले ३ तथा प्रतिस जिसी र रिजन ढकालले २र२ विकेट हात पारे । सोनु देवकोटाले पनि एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *