चुनाव हारेकालाई राष्ट्रियसभामा लिएर जानेहरूबाट यो व्यवस्थामाथि खतरा छ : रवि लामिछाने (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तामा रहेका दलहरूबाटै परिवर्तनमाथि खतरा रहेको बताएका छन् ।

रास्वपा सांसद विराजभक्त श्रेष्ठको १ वर्षे कार्यकालको प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

केही समयअगाडि सम्पन्न चुनावमा पराजित भएका व्यक्तिहरूलाई चोर बाटोबाट राष्ट्रियसभामा ल्याउन खोज्नेहरूबाट अहिलेको व्यवस्थामाथि प्रहार भएको उनले बताए ।

उनले भने, ‘परिवर्तनमा प्रहर त्यसले गर्‍यो जसले भरखरै चुनाव हारेकालाई यीनीहरु नभई हुँदै भन्दै चोरबाटबाट राष्ट्रियसभामा ल्याउनका लागि संविधान र व्यवस्थाको भद्दा मजाक बनाएर यो काम गरे उनैले प्रहार गरिरहेका छन् ।’

राष्ट्रपतिले चुन्न राखेको ठाउँमा पनि भर्खरै चुनाव हारेका मान्छेलाई लिएर आउने अनि व्यवस्थामाथि खतरा भयो भन्ने उनले प्रश्न गरे ।

उनले भने, ‘यो व्यवस्थामा यति खतरा कसबाट छ ? कसले यो व्यवस्थालाई खतरा गर्‍यो ? परिवर्तनमाथि प्रहार त्यसले गर्‍यो जसले अनुसन्धान हुँदाहुँदैको फाइल बन्द गर्‍यो । जसले चुनाव हारेका मान्छेलाई राष्ट्रियसभामा ल्याउनका लागि संविधानको भद्दा मजाक बनाउँदै छ ।’

Comments

3 responses to “चुनाव हारेकालाई राष्ट्रियसभामा लिएर जानेहरूबाट यो व्यवस्थामाथि खतरा छ : रवि लामिछाने (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    कडा दनक दिल्लीका टट्टुहरूलाई ।

  2. Nagendra Avatar
    Nagendra

    रबी को यो भनाइ सहि छ !!
    ३ वटा परिद्रिस्य हेर्नु परेको छ लोकतन्त्र र गणतन्त्रको यो पछिल्लो अभ्यासमा लाज लागि लागि !!
    १. “अयोग्य, असक्ष्यम, बेकामे र देशको लागि बोझ मात्र हैन देशको लागि घातीहरु” लाई चिनेर जनताले भोट मार्फत बिदा गरे, सजाय दिए र पाखा लगाए तर, ती परिक्ष्यामा फेल भएकाहरु एक जुट भए, “गठबन्दन” गरे अनि जनमत अपहरण गरे !! फेल भएका बिद्यार्थीहरुको आफ्नु आफ्नु नम्बर जोडेर फर्स्ट भएको घोसना गरे जस्तै !! यो जस्तो लाज मर्दो कुरा के हुन्छ ? यो लोकतन्त्र माथिको गम्भीर प्रहार हो, जनतालाई कम्जोर मान्ने, बनाउने र अवहेलना गर्ने काम जुन लोकतन्त्र बिरोधी निर्दलीय अभ्यास हो !! गठबन्दन बाट लोकतन्त्रको मूल्य र मान्यता माथि यसरी प्रहार गरेकोले जनतामा बिस्वास र भरोसा गुमेको हो, लोकतन्त्रको जग त्येसरी कम्जोर भएको हो !!!
    २. यिनीहरु यत्ति लिच्च्चा, लाज नभएका छन् कि : यिनीहरु जसरी भए पनि सत्तामा पुग्नै पर्छ, लुट्ने ठाउमा पुग्ने पर्छ !! त्यो ठाउँ आफैले ओगट्नै पर्छ !! जसरी हुन्छ !! अरु गए बर्बाद हुन्छ तिनको लागि !! कत्ति स्वार्थि छन् ती : वास्तवमा राजनीतिमा झुल्किने नहुने तिनीहरु, यत्ति भए पछि त अस्ताउनु नि : ङ्गिच्च, ङ्गिच्च गर्दै देखा पर्छन, फेरी सासन नै गर्न पर्ने !!! जनता निराश हुने र लोकतन्त्र कम्जोर हुने अर्को कारण हो यो !! कसले गर्यो?
    ३. यिनीहरु मात्र २ कुरा गर्छन : आफ्नु स्वार्थ र भारत भक्ति !! अरुलाई सुनाउन क्रान्ति, परिवर्तन र लोकतन्त्र अनि तिनको आफ्नु योगदानको कुरा बखान गर्छन !! वास्तवमा यिनीहरुले देशको लागि त्यो सब गरेका थिएनन, मात्र आफ्नु लागि थियो, बिदेशी खुशी पार्दै मात्र आफ्नु परिवार ब्येवास्था गर्ने धुन !! यो जनतामा निरासा थप्ने अर्को कारण हो जसले लोकतन्त्रको जग धमिरा लागे जस्तै भयो !!
    यी लठुवाहरु सबै दोस अरुमाथि देखाएर, थोपरेर आफु सुद्द देखाउन मेहनत गर्छन मुखले तर ती कत्ति कुरुप र दुषित छन् भन्ने आखा भएका र देख्न सकनेहरुले बुझेका छन्, बुझ्दै जाने छन् !!! नत्र ठुलो क्ष्यति नजिकै छ !!!

    1. ksp pyl Avatar
      ksp pyl

      एकदम सही भनाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *