प्रचण्डको नेतृत्वमा माओवादीले बनायो पार्टी एकता संयोजन समिति (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि एकता संयोजन समिति बनाएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए ।

विधान सम्मेलनका प्रतिनिधि छनोटका लागि मापदण्ड बनाइएको पनि उनले बताए ।

यस्तै आजकै बैठकमा माओवादीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए ।

अध्यक्ष प्रचण्डले प्रदेश इन्चार्जहरूको रिपोटको संसलेषण गरेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *