काठमाडौं । प्रधामन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका रसिद खानले पहिलो सतक प्रहार गरेका छन् ।
आजबाट सुरु भएको प्रतियोगिताको बागमती प्रदेशविरुद्धको खेलमा पुलिसका खानले सतक प्रहार गरेका हुन् । उनले १ सय ८ बलमा शतक पूरा गरेका हुन् ।
७२ रनमा ५ विकेट गुमाएको पुलिसको इनिङ खान र आरिफ शेखले सम्हालेका थिए । आरिफ ६६ बलमा ५७ रन बनाएर आउट भए ।
पुलिसले बागमतीविरुद्ध ४९ ओभरमा ८ विकेट गुमाएर २७१ रन बनाएर खेलिरहेको छ ।

Leave a Reply