माओवादी स्थायी समिति बैठक जारी (तस्बिरहरु)

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएकाे छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले
विधान मस्यौदामाथि छलफल गर्नै नेताहरुले बताएका छन् ।

बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल भइरहेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गरेको छ । सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने माओवादीले जनाएको छ । माओवादीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो ।

सो समितिले शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो ।

बैठकमा माओवादीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को समीक्षासमेत हुनेछ । प्रदेश इञ्चार्जले अभियानका बारेमा ‘बिफ्रिङ’ गर्ने बताइएको छ । माओवादीले गत भदौ १६ देखि यही पुस १६ सम्म रुपान्तरण विशेष अभियान सञ्चालन गरेको थियो ।

Comments

One response to “माओवादी स्थायी समिति बैठक जारी (तस्बिरहरु)”

  1. ksp pyl Avatar
    ksp pyl

    जे को बैटक बसे पनि के काम र।माओवादीको काम देश लुटने र दिल्लीको सेवागर्ने बाहेक अरू केही छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *