पर्यटकीय क्षेत्रको प्रचार गर्न युवासंघको पदयात्रा, एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे नेतृत्व

रुपन्देही । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवल तथा आसपासका पर्यटकीय क्षेत्रको प्रचार गर्न भन्दै पदयात्रा गरेको छ ।

युवा संघ रुपन्देही जिल्ला कमिटीको आयोजनामा शनिबार बिहान बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्मको पैदलयात्रा शुरू गरिएको हो ।

समृद्धिको लागि पर्यटन प्रवर्द्धन नारा दिइएको हाइकिङ्ग यात्राको अगुवाइ नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले गरेका हुन् । पदयात्रामा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरी, माधव शर्मा, खिमलाल भट्टराई, केन्द्रीय सदस्यहरु, सावित्रा अर्याल गोमादेवी आचार्य, प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, जिल्ला अध्यक्ष तेजेन्द्र केसी, युवासंघका नेता तथा कार्यकर्ताहरूको सहभागिता छ ।

बुटवल र आसपास प्रयाप्त पर्यटकीय सम्भावना रहेको र पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि पदयात्रा आयोजना गरिएको युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *