काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो विरोध हुने गरेको गुनासो गरेका छन् ।
शुक्रबार वीर अस्पताल अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरूले विरोध गरेको गुनासो गरेका हुन् ।
मन्त्री बस्नेतले वीर अस्पतालको खानाको सुविधा पनि बजेट अभावका कारण अर्थले कटौती गरेको भएपनि आफूले कटौती गरेको हल्ला चलाएको दाबी गरे । अक्सिजनको सिलिण्डरमा पनि आफूले अनियमितता गरेको भन्दै भ्रम फैलाएको उनको भनाइ थियो ।
उहाले आफ्नो बारेमा लागेका आरोप पुष्टि भए राजनीतिबाटै सन्न्यास लिने जिकिर गरे । वीर अस्पतालको सुधार गर्दा कसैले विरोध गरे त्यसको प्रतिकार गर्न आफू तयार रहेको मन्त्री बस्नेतको भनाइ थियो ।
मन्त्री बस्नेतले जटिलरोगहरूका लागि विशेष उपचारको व्यवस्था गर्दै लैजाने बताए । सो अवसरमा मन्त्री बस्नेतले महिलाको स्तन क्यान्सर भए/नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गरेका थिए । उक्त सेवाबाट ‘थ्रिडी टेक्नोलोजी’ सहित परिक्षणको नतिजा हेर्न सकिने अस्पतालले जनाएको छ ।

Leave a Reply