सन्दीपमाथिको फैसलामा ‘नोट अफ डिसेन्ट’

‘डरा हुआ पत्रकार लोकतन्त्र में मरा हुआ नागरिक पैदा करता हैं (डराएको पत्रकारले प्रजातन्त्रमा मरेको नागरिक उत्पादन गर्छ) ।’

भारतीय पत्रकार रविश कुमारको चर्चित यस उद्धरणबाट शिक्षा लिँदै यो टिप्पणी लेख्ने ‘दुस्साहस’ गरिएको छ ।

सन्दर्भ- क्रिकेटर सन्दीप लामिछानविरुद्धको मुद्दा र काठमाडौं जिल्ला अदालतको विवादास्पद फैसला

‘डे वान’ बाटै फलोअप गरिरहेको हुँदा यो मुद्दाको केस्रा-केस्रा मैले अध्ययन गरेको छु । माननीय न्यायाधीश शिशिरराज ढकालभन्दा मिहीनरूपमा मुद्दालाई केलाएको र बुझेको छु भन्ने मेरो दावी छ । त्यस आधारमा म निसंकोच भन्न सक्छु- यो फैसला स्वभाविक र न्यायपूर्ण छैन ।

हुन त अदालतले गरेको फैसलामाथि आलोचनात्मक टिकाटिप्पणी गर्नुलाई ‘मानहानी’ वा ‘अवहेलना’ मान्ने परम्परागत मानसिकता अझै विद्यमान छ । तर, यो बुझ्नुपर्छ कि न्यायाधीशको कुर्सीमा बसेर मुद्दाको फैसला गर्नेहरू पनि देउताको रूप होइनन्, मानव नै हुन् ।

जानेर वा नजानेर गल्ती उनीहरूबाट पनि हुन सक्छ । दबाबमा उनीहरू पनि पर्न सक्छन् । प्रलोभनमा उनीहरू पनि फँस्न सक्छन् । न्यायाधीशहरूलाई प्रश्नभन्दा माथि राख्ने हो भने त्यसले ‘अदालती अधिनायकवाद’ जन्माउँछ । हो, अदालतले गरेको फैसला अस्वीकार गर्ने छुट कसैलाई छैन । तर, प्रश्न गर्ने अधिकार हरेक नागरिकलाई हुन्छ । पत्रकारलाई त झन् हुने नै भयो । कान्तिपुरविरुद्ध गोपाल पराजुलीको मुद्दामा सर्वोच्च अदालतकै फैसलाले पनि पत्रकारलाई यति अधिकार दिएको छ ।

वास्तवमा संगठित गिरोहले नबोकेको भए गौशाला-२६ अहिलेसम्म यो मुद्दामा टिकिरहने सम्भावना नै थिएन । प्रहरीमा जाहेरी दिनासाथ उनलाई माइती नेपालकी अनुराधा कोइरालाले कब्जामा लिइहालिन् । उद्देश्य यही थियो कि उनी मुद्दाबाट ब्याक नहोउन् । माइती नेपालका काउन्सिलरहरूले गौशालाको लगातार ‘ब्रेनवासिङ’ गरिरहे । त्यसमाथि केही चर्चित मिडियाकर्मी उनको वरिपरी झिंगाझैं भुन्भुनाए । उनीहरूबीच गौशाला-२६ का नाममा बेदनामय लेख लेखिदिने होड चल्यो ।

म एउटा पत्रकारका रूपमा न्यायमूर्ति ढकाललाई ईंगित गरेर भन्दै छु, सन्दीपको मुद्दामा उहाँले पूर्वाग्रही, एकाङ्गी र मनगढन्ते फैसला सुनाउनुभयो । न्यायमूर्तिले आफ्नो अन्तरआत्माबाटै सन्दीपलाई ‘बलात्कारी’ देख्नुभयो भन्ने लाग्दैन । उहाँ बाह्य शक्तिको दबाब र प्रभावमा पर्नुभयो भन्न पनि सक्दिनँ किनकी मानहानीको आरोप लाग्न सक्ला । तर, यति चैँ भन्छु कि उहाँले तथ्य र प्रमाणमा टेकेर होइन तथ्य-प्रमाणलाई बेवास्ता गरेर बाध्यात्मक फैसला गर्नुभयो । यो निष्कर्षमा पुग्न मेले फैसलाको पूर्णपाठ पर्खिराख्नु पर्दैन । पूर्णपाठमा हजार तर्कको बिस्कुन लगाउन सकिन्छ, तर त्यसले तथ्य फेरिँदैन । निसाफ फेरिँदैन । तथ्य-प्रमाणलाई कुल्चेर गरिएका फैसला यथार्थमा ‘फैसला’ होइनन्, ‘न्यायीक अपराध’ हुन् । तर, न्यायाधीश ढकालले ‘अपराध’ गर्नुभयो भन्दिनँ, मानहानीको आरोप लाग्न सक्छ ।

केही दिनअघि उहाँकै इजलासबाट भएको बलात्कारसम्बन्धी अर्को मुद्दाको आदेशलाई लिएर एउटा समूह उहाँविरुद्ध संगठितरूपमा उत्रिएको थियो र सन्दीपको मुद्दामा पनि त्यस्तै आदेश आउने भनेर खबरदारी गर्दैथियो । इजलासमा बस्नुभन्दा अघि न्यायायाधीशमाथि आक्रमणको सिलसिला सुरू भइसकेको थियो र अन्यथा फैसला गरे सार्वजनिक बेइज्जती र सामाजिक वहिष्कार अभियान चलाउने चेतावनीसमेत दिइरहेका थिए । फैसलामा यो ‘खबरदारी’ प्रतिविम्वित भयो ।

०००

मध्यान्नको घामजस्तै छ्याङ्ग भइसकेको मुद्दा हो यो । उमेर पुगेका दुई युवायुवतीको ‘वान नाइट स्ट्यान्ड’ भन्दा बढी केही होइन । उनीहरू दिनभर घुमघाम गरे, राति हात समातेर होटलमा गए, बिहान पनि हात समातेर होटलबाट निस्किए । घटना विवरण यही हो । यहाँ बलात्कारको गन्ध कतै आउँछ ? काखी बजार्दै सन्दीपलाई खुच्यूँ गरिरहेकाहरूले छातीमा हात राखेर भन्न सक्छन् सन्दीपले बलात्कार नै गरेका हुन् भनेर ?

गौशाला २६ कुनै दूधे बालिका त होइनन् । उनी १८ वर्ष उमेर पुगेकी बालिग युवती भएको अदालतले नै ठहर गरिसकेको छ । रातभर ‘बलात्कृत’ भएकी एउटी युवती बिहान उठेर प्रहरी गुहार्न जान्छिन् कि ‘बलात्कारी’ को हात समातेर निजकै गाडीमा हुँइकिन्छिन् । उनले सन्दीपसँग रात बिताएको भोलिपल्ट आफ्नी साथीलाई ‘ह्याप्पी’ इमोजिसहित म्यासेज लेखेकी छन्- ‘आई हग्ड सन्दीप लामिछाने एस्टरडे ।’ यसले के पुष्टि हुन्छ ?

गौशालाको होस्टलमा सँगै बस्ने साथीले नै अदालतमा बयान दिएर भनेकी छन्- सन्दीपलाई भेटेको केही दिनसम्म उनको खुशीको सीमा थिएन ।

गौशालाकी रुममेटले अदालतमा दिएको बयानको एक अंश यस्तो छः

घटना भएको भनिएको भोलिपल्ट मिति २०७९/०५/०६ गते बेलुका करिब ५ बजे म आफ्नो अफिसबाट फर्केपछि निजसँग हामी बस्ने कोठामा नै भेट भएको थियो । उक्त दिन निज एकदमै खुशी देखिन्थिन् । निज खुशी हुँदै म र हामीसँगै बस्ने अर्को रुममेटलाई समेत ‘मैले सन्दीप लामिछानेलाई भेटेँ, हामी हिजो नगरकोट गयौं । मेरो लाइफको सबैभन्दा खुशीको पल नै हिजो थियो’ भनेकी थिइन् । सो कुराकानी भएको भोलिपल्टदेखि नै निज पीडितले सन्दीपको नाउँको जर्सी लगाएर ल्यापटपमा खुसी भएर हुटिङ गर्दै क्रिकेट हेरेर बस्ने गर्थिन् । निज त्यति धेरै खुशी भएको त्योभन्दा पहिला मैले देखेको थिइनँ । त्योबीचमा निजको व्वाई फ्रेन्डसँग पनि निजको भेट हुने गर्थ्यो । २०७९/०५/१४ गतेसम्म निज एकदमै खुशी थिइन् ।’

यसरी अघोर खुशी भएकी गौशालाले २१ दिपछि अचानक किन भड्किएर सन्दीपविरुद्ध बलात्कारको मुद्दा दायर गरिन् भन्ने पनि स्पष्टै छ । यसको कारण थियो, सन्दीपले क्रिकेट खेल्न विदेश गइसकेपछि उनलाई बेवास्ता गर्नु र सामाजिक सञ्जालमा ब्लक गर्नु । आफूसँग रात बिताएको व्यक्तिले एकाएक यसरी उपेक्षा गरेपछि उनले आवेशमा सो निर्णय लिएको भन्नेबाहेक अरु कारण देखिन्न ।

हुन त अदालतले गरेको फैसलामाथि आलोचनात्मक टिकाटिप्पणी गर्नुलाई ‘मानहानी’ वा ‘अवहेलना’ मान्ने परम्परागत मानसिकता अझै विद्यमान छ । तर, यो बुझ्नुपर्छ कि न्यायाधीशको कुर्सीमा बसेर मुद्दाको फैसला गर्नेहरू पनि देउताको रूप होइनन्, मानव नै हुन् ।

सन्दीपमाथिको बलात्कार अभियोगमा दम नदेखेर नै उच्च अदालत र सर्वोच्च अदालतले उनलाई थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए । सन्दीपलाई देशको प्रतिनिधित्व गर्दै राष्ट्रिय टीमबाट खेल्न सर्वोच्चले नै अनुमति दिएको थियो । नेपालको अदालत प्रभावमा पर्‍यो भन्नुहुन्छ भने सन्दीपलाई विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले पनि अन्तर्राष्ट्रिय म्याच खेल्न प्रतिवन्ध लगाएन । उसले पनि यति गम्भीर मुद्दाको अध्ययन नगरी यत्तिकै आँखा चिम्लेर स्वीकृत दिएको थिएन होला । जबकि नेपालका महिलावादी अभियन्तादेखि केही प्रभावशाली नेताहरूलेसमेत सन्दीपलाई टीममा राख्न नहुने भनेर चर्को लविङ गरिरहेका थिए । आईसीसीलाई समेत सामाजिक सञ्जालबाट दबाब दिन खोजिएको थियो ।

खासमा सर्वोच्चले जिल्लालाई फैसलाका निम्ति स्पष्ट मार्गनिर्देशन समेत गरेको हो, जसलाई न्यायाधीशले नजरअन्दाज गरेका छन् । सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेशको विरुद्धमा सर्वोच्चमा पुनरावेदन गरिएको थियो । सर्वोच्चले उच्चको आदेश सदर गरिदिएको थियो ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले गरेको फैसलामा भनिएको थियो, ‘मिसिल संलग्न पीडितको शारीरिक परीक्षण प्रतिवेदन, घटना स्थिति मुचुल्का, सीसीटीभी फुटेज, टेक्स्ट म्यासेज, फेसबुक म्यासेज, स्नापच्याट, घटना विवरणमा गरिएको व्यक्तिको कागजात, अदालतसमक्ष उपस्थित साक्षीहरूको बकपत्रलगायतका प्रमाण तथा मिसिल संलग्न अन्य प्रमाणहरू समेतको आधार कारणबाट प्रतिवादीलाई थुनामा नै राखी पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था देखिएन ।’

अहिले जिल्ला अदालतले गरेको फैसलामा पनि लेखिएको छ कि, होटलको कोठामा गएर बस्दासम्म दुवै पक्षको राजीखुशी थियो । असहमति भएको भए गौशाला अर्को कोठामा बस्न पनि सक्थिन्, किनकी दुईवटा कोठा उपलब्ध थिए । एउटा कोठामा एसी नचलेको भनेर उनीहरू अर्को कोठामा सरेका थिए । गौशालाले ‘म एसी नभएकै कोठामा सुत्छु’ भन्न नसक्ने अवस्था थिएन । तर, उनी सन्दीप पछिपछि गएको होटलकै कर्मचारीले बताएका छन् । भोलिपल्ट हाँसीखुशी निस्केको पनि उनीहरूले बयान दिएका छन् र सीसीटीभी फुटेजमा पनि देखिएको छ ।

भनेपछि न्यायाधीशले बलात्कार के आधारमा ठहर्‍याए ? राति सपनामा केही नराम्राे देखे कि दिउँसै उनलाई आकाशवाणी भयो ? कि सन्दीपको मुख सुँघेर  पत्ता लगाए ?

अदालतसँग बलात्कार त के शारीरिक सम्बन्ध स्थापित भएको समेत प्रमाण छैन । युवतीको बयान र ‘एउटै कोठामा सुतेपछि पक्कै भयो होला’ भन्ने कल्पनामा मनचिन्ते फैसला गरिएको छ । तपाईं-हामीले यसरी सोच्न मिल्छ । तर, अदालतलाई फैसला गर्न ठोस प्रमाण चाहिन्छ कि चाहिँदैन ? न्यायमूर्ति ढकालज्यू ! अरु फैसला पनि यसैगरि अड्कलवाजीमा गर्नुहुन्छ कि यो मात्रै हो ?

म बुझ्छु, न्यायाधीश स्वयम् ट्रयापमा हुनुहुन्थ्यो । फैसला प्रभावित पार्न सुरूदेखि एउटा संगठित गिरोहले भगीरथ प्रयास गरिरहेको थियो । चर्चित राजनीतिज्ञदेखि अभियन्ता र मिडियाकर्मीसमेत संलग्न यो गिरोह कम्ति शक्तिशाली थिएन । सन्दीपलाई सफाइ दिनासाथ न्यायधीशको उछितो काढ्न कलम तिखारेर बसेका थिए उनीहरू । यही चरम दबाबले गर्दा जिल्ला अदालत काठमाडौंका कुनै पनि न्यायाधीशले मुद्दा हातमा लिने हिम्मत गर्न सकेका थिएनन् । सन्दीपको पेशीका दिन न्यायाधीशहरूको भागाभाग नै हुन्थ्यो । ढकालले मुद्दा हेर्ने हिम्मत त गरे, तर सही फैसला सुनाउने हिम्मत जुटाउन सकेनन् । फैसलाको एक दिनअघि मात्र उनको विरुद्ध केही मिडियामा समाचार लेखेर तर्साउने काम भएको थियो ।

गौशाला २६ कुनै दूधे बालिका त होइनन् । उनी १८ वर्ष उमेर पुगेकी बालिग युवती भएको अदालतले नै ठहर गरिसकेको छ । रातभर ‘बलात्कृत’ भएकी एउटी युवती बिहान उठेर प्रहरी गुहार्न जान्छिन् कि ‘बलात्कारी’ को हात समातेर निजकै गाडीमा हुँइकिन्छिन् । उनले सन्दीपसँग रात बिताएको भोलिपल्ट आफ्नी साथीलाई ‘ह्याप्पी’ इमोजिसहित म्यासेज लेखेकी छन्- ‘आई हग्ड सन्दीप लामिछाने एस्टरडे ।’ यसले के पुष्टि हुन्छ ?

गौशालाले आफ्नो जन्ममिति वास्तविक जन्ममिति फेदबदल गरेर नागरिकता बनाएकी थिइन् । त्यही नागरिकता पेश गरेका उनका वकिलहरूले गौशालालाई ‘बालिका’ भनेर दलिल गरिरहे । उनलाई जबरजस्ती बालिका ठहर्‍याउन केही मिडियाहरू ‘मिसन’ नै बनाएर लागिपरेका थिए । गौशाला २६ आफैं बनेर पीडा र आँशुका दर्दभरी कहानी लेखिरहेका थिए । सन्दीपको पक्षले गौशालाको जन्ममिति सम्बन्धमा पेश गरेका हरेक प्रमाणहरू ‘फर्जी’ भनेर लेख्नेहरूले ती फर्जी समाचार डिलिट गरे कि गरेनन् ? नगरेका भए ती समाचार आफैंमा कति लज्जित भइरहेका होलान् ?

वास्तवमा संगठित गिरोहले नबोकेको भए गौशाला-२६ अहिलेसम्म यो मुद्दामा टिकिरहने सम्भावना नै थिएन । प्रहरीमा जाहेरी दिनासाथ उनलाई माइती नेपालकी अनुराधा कोइरालाले कब्जामा लिइहालिन् । उद्देश्य यही थियो कि उनी मुद्दाबाट ब्याक नहोउन् । माइती नेपालका काउन्सिलरहरूले गौशालाको लगातार ‘ब्रेनवासिङ’ गरिरहे । त्यसमाथि केही चर्चित मिडियाकर्मी उनको वरिपरी झिंगाझैं भुन्भुनाए । उनीहरूबीच गौशाला-२६ का नाममा बेदनामय लेख लेखिदिने होड चल्यो । गौशालाले दोहोर्‍याएर सोच्ने मौकासमेत पाइनन् । अझै पाएकी छैनन् ।

यसरी संगठित गिरोह आफूलाई न्याय दिलाउन लागिपरेको भ्रममा परिन् गौशाला । तर, यथार्थमा उनीहरूका लागि गौशाला पीडित होइन एक मुद्दा थिइन्, एक ‘कमोडिटी’ थिइन् । त्यो भेउ उनले अहिलेसम्म पाएकी छैनन् ।

व्यक्तिगतरूपमा गौशालाप्रति मेरो भित्री सहानुभूति छ । उनी एक कमजोर पृष्ठभूमिबाट आएकी युवती हुन् । उनलाई मिडिया, आईएनजीओ, भ्यूज, डलरको संसारबारे केही थाहा छैन । उनले एउटा फ्यानको रूपमा सन्दीपसँग भेट्न चाहनुसम्म गलत थिएन । डेट, वान नाइट स्ट्यान्ड उनका निजी रुची र मामला थिए । तर, आवेशमा मुद्दा दायर गर्नु उनको गलत कदम थियो । उनलाई थाहा छैन, अहिले उनलाई बोकेर कुदाइरहेका सबैले एक दिन काँध छोड्छन् र उनी एक्लै पर्नेछिन् ।

अदालतसँग बलात्कार त के शारीरिक सम्बन्ध स्थापित भएको समेत प्रमाण छैन । युवतीको बयान र ‘एउटै कोठामा सुतेपछि पक्कै भयो होला’ भन्ने कल्पनामा मनचिन्ते फैसला गरिएको छ । तपाईं-हामीले यसरी सोच्न मिल्छ । तर, अदालतलाई फैसला गर्न ठोस प्रमाण चाहिन्छ कि चाहिँदैन ? न्यायमूर्ति ढकालज्यू ! अरु फैसला पनि यसैगरि गर्नुहुन्छ कि यो मात्रै हो ?

मलाई लाग्छ, फैसलाबाट गौशाला २६ माथि पनि अन्याय भएको छ । अदालतले उनको चरित्रमै दाग लगाइदिएको छ । सन्दीपले ‘कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको’ भन्नुको तात्पर्य के हो ? के गौशालाले पैसाका लागि सन्दीपसँग रात बिताएकी थिइन् ? सन्दीपले आफ्नो आर्थिक स्थिति सुधार्न मद्दत गरिदेलान् भन्ने आशाले उनीसँग नजिकिएकी हुन् ? सन्दीप र गौशालाबीच पैसाको लेनदेन भएको वा यससम्वन्धी समझदारी भएको दावी दुवै पक्षले गरेका छैनन् । भने अदालतले के आधारमा ‘कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको’ निस्कर्ष निकाल्यो ? यसरी विनाआधार गौशालाको चरित्रमा आँच आउने शब्दहरू किन फैसलामा लेखिए ?

०००

यता, सन्दीपको हकमा कुरा गर्नुपर्दा झन् पीडादायी अवस्था छ । निकै कम उमेरमा लोभलाग्दो गरी राष्ट्रिय-अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल भएका उनी अचानक रसातलमा खसेका छन् । यो उर्बर युवा उमेरको आठ वर्ष जेलभित्र बिताउनुपर्‍यो भने उनको खेल करिअर भताभूंग बन्ने छ । सजाय पूरा गरेर जेलबाट निस्केपछि फेरि यही अवस्थामा फर्किन सम्भव हुन्न । मुद्दा लड्नमा नै करोडौं खर्च हुने अवस्था छ । न पैसा न करिअरको दयनीय स्थितिमा पुग्ने खतरामा छन् उनी ।

सन्दीपका लागि एकमात्र आशाको किरण भनेको उच्च अदालत र सर्वोच्च हो । जिल्ला अदालतको फैसला उच्चले करेक्सन गर्ने तीव्र आशामा छन् उनी । गौशाला बालिग पुष्टि भएको हुँदा उनले उच्चबाट सफाइ पाउने सम्भावना उच्च नै रहेको कानूनविद्‌हरू बताउँछन् । तर, नेपालमा के नै भन्न सकिन्छ र ! उच्चका न्यायाधीशहरूमाथि अहिलेको भन्दा ठूलो स्केलमा हुलहुज्जत हुने निश्चित छ ।

म सन्दीपबाट केही गल्ती नै भएको छैन भनेर भन्दिनँ । यस घटनाको सन्दर्भमा हेर्दा उनमा केही चारित्रिक दोषहरू देखिन्छन् भने केही अनुशासनको कमी । उनी नेपालको राष्ट्रिय टीमका कप्तान थिए । भोलिपल्ट नेपाली टीमको नेतृत्व गर्दै केन्या जानुपर्ने थियो । तर, अघिल्लो दिन क्लोज क्याम्प छोडेर डेटिङमा हिँडे र फ्यान गर्लसँग रात बिताए । यो खेल अनुशासनको उल्लंघन हो ।

दोस्रो, उनले आफूलाई भेट्न लालायीत फ्यान गर्ललाई समय दिनुसम्म ठीक छ । तर, डेटमा लिएर हिँड्ने र राति होटलमा बस्ने काम ठीक भएन । प्रेममै परेको अवस्थामा अलग्गै कुरा, होइन भने कुनै पनि सेलिब्रिटीले यस्ता कार्यबाट जोगिनुपर्छ । गौशालाले नै चाहेकी थिइन् भने पनि सन्दीपले पन्छाउन सक्नुपर्थ्यो । उनी पनि उमेरले अल्लारे नै हुन्, र पनि यो स्थानमा आइसकेपछि आफ्नो मर्यादा कायम गर्न सक्नुपर्छ ।

सन्दीपको अर्को ब्लन्डर भनेको विदेश गएपश्चात गौशालालाई बेवास्ता गर्नु हो । गौशालासँग भेट भएको भोलिपल्ट उनी केन्या उडेका थिए । त्यसको केही दिनसम्म कुराकानी भएको र त्यसपछि उनले सामाजिक सञ्जालबाट आफूलाई ब्लक गरिदिएको गौशालाको भनाइ छ । सन्दीपको यो कार्य विल्कुलै जायज होइन । एक दिन र एक रात सँगै बिताएकी युवतीलाई अनायास ब्लक गरेर उनले निजको भावना र संवेदनासँग खेलवाड गरे । यसलाई राम्रो आचरण मान्न सकिन्न । सायद ब्लक नगरेको भए उनले मुद्दा खेप्नुपर्ने पनि थिएन ।

यसरी सन्दीपले केही गल्ती गरेका छन्, तर यी नैतिक विषयहरू हुन् । बलात्कारजस्तो जघन्य अपराधको संज्ञा दिन मिल्दैन । यदि यसलाई नै बलात्कार मान्ने हो भने वास्तविक ‘बलात्कार’ का घटनाहरू पनि भोलि ओझेलमा पर्न सक्छन् । वास्तविक पीडितहरू मर्कामा पर्न सक्छन् ।

चिन्ता ‘खेलाडी’ सन्दीपको होइन । नेपालको क्रिकेटमा उनी अपरिहार्य छन् भन्ने पनि लाग्दैन । खासमा कोही पनि अपरिहार्य हुँदैनन् । सन्दीपजस्ता खेलाडी भविष्यमा आउलान् । नआए पनि केही भएन । तर, यो फैसलाले स्थापना गर्ने नजिर अलि खतरनाक छ । यसलाई नै अरु न्यायाधीशले पछ्याउने हो भने भोलि घर-घरमा ‘बलात्कारी युवाहरू’ भेटिनेछन् । अदालतले ५-१० लाख क्षतिपूर्ति भराइदिन्छ भन्ने भएपछि सहमतिकै सम्बन्धलाई पनि ‘बलात्कार’ भनेर मुद्दाका चाङ लाग्न सक्छन् । सुर्खेत, भक्तपुरलगायतका केही जिल्लामा त्यस्ता नजिर बनिसकेका छन् । त्यसबेला सिंगो देशलाई एउटा जेल घोषणा गर्नुपर्ने हुन सक्छ ।

यो फैसलाले पैसाका लागि राखिने सबै शारीरिक सम्बन्ध बलात्कार हुन् भन्ने गलत नजिर स्थापित गरेको छ । कुनै यौन व्यवसायीलाई पैसा तिरेर एउटा पुरुषले सम्बन्ध राखेको छ भने भोलिका दिनमा ऊ बलात्कारी ठहरिएर खोरमा पुग्न सक्ने भयो । अधिकांश यौनकर्मी विपन्नताकै कारण यौनकर्ममा लागेका हुन्छन् । त्यसैले उनीहरूले मुद्दा हालेमा ‘कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको’ सहजै ठहरिन सक्छ । आखिर अदालतलाई प्रमाण चाहिने होइन रहेछ ।

०००

जति आधुनिकतातर्फ लम्के पनि ‘सेक्स’ लाई नेपालमा अझै पनि अनावश्यक ठूलो हाउगुजीको विषय बनाइने गरेको छ । उमेर पुगेका युवा र युवतीले राजीखुशी र सुरक्षित तरिकाले राख्ने सम्बन्धमा कसैले टाउको दुखाउनुपर्छ जस्तो लाग्दैन । यो त्यतिबेला मात्रै संवेदनशील हो, जब एक पक्ष (मुलत: महिला) को चाहनाविपरीत गरिएको हुन्छ ।

नेपालको बलात्कारसम्बन्धी कानूनमाथि नै गहिरो पुनरावलोकनको टड्कारो आवश्यकता देखिएको छ । डा. चन्द्र भण्डारीले भनेजस्तो ‘बलात्कार’ शब्दकै पुनरव्याख्या हुनुपर्‍यो । नाबालिगको उमेर हदमा समिक्षा हुनुपर्‍यो । नाबालिग उमेर हद १६ राख्ने कि १८ राख्ने भन्ने बहस पनि चलेकै हो । हाम्रो कानूनले बिहे गर्ने उमेर २० वर्ष तोकेको छ, १८ वर्षसम्म नाबालिग भनेको छ तर त्यसअघि नै थुप्रै केटाकेटीहरू शारीरिक सम्बन्धमा रहिसकेका हुन्छन् ।

यो पनि पढ्नुहोस्- नाबालिग बहस तथा अपराध र विग्रह सिर्जना गर्ने मुलुकी संहिता

नेपालको सन्दर्भमा नाबालिगको उमेर हद १८ वर्ष बढी हो वा होइन ? वैज्ञानिक अध्ययनका आधारमा निर्क्यौल गरेर त्यसलाई कट अफ इयर बनाउनुपर्छ । यसमा विभिन्न देशका फरक-फरक प्राक्टिस छन् । नेपालमा पहिले मुलुकी ऐनमा नाबालिग उमेर हद १६ वर्ष थियो । भारतको सिको गर्दै २०७४ सालमा त्यसलाई बढाएर १८ पुर्‍याइयो । यसरी बढाउँदा ‘फेक रेप’ का मुद्दा ह्वात्तै बढ्नेबाहेक अरु सकारात्मक प्रभाव परेको देखिँदैन । अहिले भारतले १८ वर्षलाई अव्यवहारिक मानेर १६ वर्षमा झार्ने तयारी गरेको छ । नेपालमा भने त्यस्तो बहस नै थालिएको छैन ।

म सन्दीपबाट केही गल्ती नै भएको छैन भनेर भन्दिनँ । यस घटनाको सन्दर्भमा हेर्दा उनमा केही चारित्रिक दोषहरू देखिन्छन् भने केही अनुशासनको कमी । उनी नेपालको राष्ट्रिय टीमका कप्तान थिए । भोलिपल्ट नेपाली टीमको नेतृत्व गर्दै केन्या जानुपर्ने थियो । तर, अघिल्लो दिन क्लोज क्याम्प छोडेर डेटिङमा हिँडे र फ्यान गर्लसँग रात बिताए । यो खेल अनुशासनको उल्लंघन हो ।

सजायसम्बन्धी व्यवस्था नेपालमा झनै त्रुटिपूर्ण छ । उदाहरणका लागि १७ वर्षको युवतीलाई क्रूर र हिंसात्मक ढंगले गर्ने जबरजस्ती करणी र प्रेममा पारेर आपसी सहमतिमा राखिने शारीरिक सम्बन्धमा पुरुषलाई एउटै सजाय हुन्छ । यो विल्कुल उचित होइन । सजायको ‘हायर्‍यार्की’ मिलाउनैपर्छ । न्यायको सिद्दान्त हो कि अपराध र सजायको बीचमा सन्तुलन हुनुपर्छ । अपराध जति क्रूर छ, सजाय त्यति नै कठोर होस् । नेपालको बलात्कार कानून यसमा चुकेको छ ।

‘पीडित’ को पहिचान सार्वजनिक नगर्ने परिपाटि/कानून पनि गलत हो । यसले वास्तविक पीडितलाई झन् पीडित बनाउँछ । बलात्कृत भएपछि समाजमा मुख देखाउनै नमिल्ने हो र ? नारीको इज्जत योनीमा हुँदैन भनेर वकालत गर्नेहरूले नै पीडितको पहिचान लुकाउनुपर्ने पक्षमा लविङ गरेको देख्दा आश्चर्य लाग्छ । यौन हिंसाका पीडितहरूले त शिर ठाडो गरेर हिँड्ने वातावरण बनाउनुपर्ने होइन ? आज गौशाला २६ लाई पहिचान लुकाएर बाँच्न विवश बनाइएको छ । यो कहिलेसम्म ? कुनै उत्तर छैन ।

यस्ता घटनामा खास पहिचान लुकाउनुपर्ने आरोपीको हो । जबसम्म आरोप प्रमाणितत हुँदैन तबसम्म जोकोही व्यक्ति निर्दोष मानिन्छ । भोलि उसले अदालतबाट सफाइ पाउन पनि सक्ला । तर, तस्वीर र नाम मिडियामा छ्याप्छ्याप्ती आइसकेपछि उसले ठूलो चारित्रिक क्षति र बदनामी भोगिसकेको हुन्छ । फैसलाले कदापी त्यसको क्षतिपूर्ति गर्न सक्दैन ।

०००

नेपाल प्रेसले सन्दीपको प्रकरणलाई अन्य आम मिडियाभन्दा फरक दृष्टिले हेरेको सत्य हो । तर, सन्दीप एउटा अन्तर्राष्ट्रियस्तरको खेलाडी भएकाले होइन, सुरूबाटै मुद्दा शंकास्पद देखिएकाले हो । यदि बलात्कार नै गरेको आधारहरू भेटिएका थिए भने उनी स्तरको खेलाडीले आममानिसले भन्दा बढी सजाय पाउनुपर्छ भनेर हामीले नै पैरवी गर्ने थियौं ।

ट्वीटरमा केहीले नेपाल प्रेसमाथि ‘पुरुषवादी मिडिया’ ह्यानत्यान आरोपहरू लगाएको भेटेको छु । म चुनौतीका साथ भन्न चाहन्छु, नेपाल प्रेस स्थापनाको यो तीन वर्षमा विभिन्न खाले हिंसामा परेका महिलाहरूलाई सबैभन्दा बढी कसले स्पेस दिएको छ भनेर अनुसन्धान होस् । नेपाल प्रेस अरुभन्दा धेरै अगाडि भेटिनेछ ।

हेर्नुस् केही प्रतिनिधिमूलक सामग्री

यो बीचमा महिला हिंसाका जुन-जुन मुद्दाहरूले राष्ट्रिय चर्चा पाए, तीनिहरूको पहिलो उजागर नेपाल प्रेसबाटै भएको छ । समीक्षा अधिकारीदेखि निहारिका राजपूतसम्म, विनु यादवदेखि नाम उल्लेख नगरिएका दर्जनौं पीडितका कथाहरूलाई सतहमा ल्याउने पहिलो मेनस्ट्रिम मिडिया नेपाल प्रेस हो । हामीले लेखेपछि अरु फलोअपमा भिडेका हुन् ।

तर, सबै केस उस्तै हुँदैनन् । कोही महिला पीडित भनेर आउनासाथ, उनको बयान सुन्नासाथ भावुक भएर कथा लेखिहाल्ने गल्ती मिडियाले गर्नु हुँदैन भन्नेमा हामी सचेत छौं । हो, आजका दिनसम्म पनि महिलाहरू अनेक तरहले प्रताडित छन् । पुरुषको तुलनामा उनीहरूले धेरैखाले चुनौतीहरूको सामना गर्नुपरिरहेको हुन्छ । तर, यसको अर्थ सबै घटनामा पुरुष गलत र महिला सही हुँदैनन् । कहिलेकाहीँ महिला पनि गलत हुन सक्छन्, पुरुष पनि सही हुन सक्छन् ।

‘पल शाहलाई लेखट्ने नेपाल प्रेसले सन्दीपलाई किन बोकेको ?’ भन्ने प्रश्नहरू पनि कतिपयले गर्नुभएको छ । खासमा न हामीले पल शाहलाई लखेटेका हौं न सन्दीपलाई बोकेका । पलको हकमा नेपाल प्रेसले केवल उनको ‘प्ले ब्वाइ’ चरित्रलाई ‘एक्सपोज’ गरेको मात्र हो । उनले एकैपटक धेरै युवतीलाई विवाहको आश्वासन दिएर सम्बन्ध राखेको प्रमाणहरू आइसकेपछि ‘रियल हिरो कि प्ले व्वाइ ?’ भनेर समाचार लेखिएको हो । पललाई हामीले ‘बलात्कारी’ करार गरेका थिएनौं । उनको मुद्दालाई प्रहरी र अदालतसम्म पुर्‍याएको पनि नेपाल प्रेसले होइन ।

यो बीचमा महिला हिंसाका जुन-जुन मुद्दाहरूले राष्ट्रिय चर्चा पाए, तीनिहरूको पहिलो उजागर नेपाल प्रेसबाटै भएको छ । समीक्षा अधिकारीदेखि निहारिका राजपूतसम्म, विनु यादवदेखि नाम उल्लेख नगरिएका दर्जनौं पीडितका कथाहरूलाई सतहमा ल्याउने पहिलो मेनस्ट्रिम मिडिया नेपाल प्रेस हो । हामीले लेखेपछि अरु फलोअपमा भिडेका हुन् ।

पल शाह र सन्दीपको घटनालाई एउटै तराजुमा जोख्नु पनि गलत हुन्छ । सेलिब्रिटी जोडिँदैमा सबै घटना उही र उस्तै हुँदैनन् । सानोसानो कुराहरूले पनि ठूलो फरक पार्छ । पल शाह र सन्दीपको केस उस्तै होइनन् । पल शाहसँग जोडिएकी समीक्षा अधिकारी वास्तविक नाबालिग थिइन् । गौशाला बालिग हुन् । यही नै पर्याप्त छ फरक दृष्टि दिनका लागि ।

नेपाल प्रेस सदैव वास्तविक पीडितको पक्षमा छ र रहनेछ । पीडित महिलामात्रै होइन पुरुष पनि हुन सक्छन् । आमरूपमा अझै पनि महिला नै बढी पीडित छन् हाम्रो समाजमा । भोलिका दिनमा पनि महिला हिंसाका मुद्दामा नेपाल प्रेस नै अग्रणी हुनेछ, यो लेखेर राखे हुन्छ । अहिले नेपाल प्रेसलाई धारे हात लगाइरहेका केही अभियन्ता, भोलि तपाईंमाथि नै त्यस्तो केही आइपरे रुँदै आउने नेपाल प्रेसमा नै हो । साँच्चै पीडित महसुस भएमा पूर्वाग्रह र कञ्जुस्याईंविना तपाईंको पक्षमा पैरवी गर्न उभिने छौं ।

०००

अहिले गौशालाको समर्थन र सन्दीपको विरुद्धमा पनि धेरैले सामाजिक सञ्जालमा मत राखिरहेका छन् । तर, सन्दीप बलात्कारी नै हुन् भन्नेहरूले ठोस तर्क र आधार प्रस्तुत गरेको भने पाइँदैन । गौशालाको गल्ती औंल्याउनेहरूलाई आउने कमेन्ट्स भनेका ‘तेरो घरमा छोरीचेली छैनन् ? तेरो छोरीचेलीलाई यस्तो नपरोस्, तेरो बौद्धिक स्तर पनि देखियो ।’ यस्तै यस्तै हुन्छन् । तर, यो त कुनै तर्क भएन । छोरीचेली घरमा छन् भने उनीहरूका हरेक गल्तीमा अभिभावकले साथ दिने होकि ठीक बाटोमा ल्याउन प्रयास गर्ने हो ? यो आलेखमा अलि तार्किक र सिर्जनशील आलोचनाको अपेक्षा गरेको छु ।

Comments

18 responses to “सन्दीपमाथिको फैसलामा ‘नोट अफ डिसेन्ट’”

  1. महेश्वर घिमिरे Avatar
    महेश्वर घिमिरे

    भाग १
    बलात्कार जुन कुनै उमेरको मान्छेको पनि हुन सक्छ/हुन्छ। जोसुकैले पनि बलात्कार गर्न सक्छ व्यक्तिको पद कद पेसाले अर्थ राख्दैन। उमेर नपुगेका व्यक्तिहरू ललाई फकाइमा परेर र उमेर पुगेका मान्छेलाई पनि कुनै बाध्यता र प्रलोभनमा परेर बलात्कारमा गर्ने खतरा जिउँकातिउँ छ।
    बालिग उमेरका महिला पुरुष (थपिदो क्रमको अन्य यौन अल्प सङ्ख्यकहरू समेत)को सम्बन्धलाई लिएर जुन बाटो तर्फ हाम्रो कानुन नीति नियम र नजिरले यात्रा गर्दै छ त्यो अन्ततः अन्ध विश्वासको अँधेरोमा पुग्ने छ। खास निकास छैन त्यसको। अझ स्पष्ट भन्नु पर्दा अहिलेको समयको गति भन्दा बिलकुल उल्टो!
    सहमतिको र असहमतिको यौन क्रीडा बीचको भिन्नता प्रस्ट छुट्याउने कानुन र यी विषयको विद्यालय शिक्षामा राखेर व्यापक बनाउन ढिलाइ भइसक्यो। सुरक्षित र असुरक्षित यौन सम्बन्धका कुरा सिकाउन भएका प्रयास असाध्यै थोर भयो।
    भाग २
    यदि बिहेवारिको उमेर २०वर्ष नै कायम राख्ने हो भने यौन सम्बन्धका लागि किशोरकिशोरी कुन उमेरमा आफ्नो सहमति दिन सक्षम हुन्छन्? यो प्रश्नको उत्तर हाम्रो जस्तो मुलुकमा सजिलो छैन। तर आवश्यक भइसक्यो।
    एक-थरी मान्छेहरू (ढोङीहरू) समाजमा छाडापन बढ्ने, समाज बिग्रने जस्ता तर्कहरू राखेर यस्तो हुन न दिन कम्मर कसेर लागेका र अहिलेसम्म सफल भइरहेका छन्। र अर्को पाटो यो विवाह-पूर्व यौन सम्बन्ध राख्नु पाप हो भन्ने मान्यताको शक्ति हाबी भएर बनेको परिणाम हो। यसको वास्तविक अवस्था धेरै बदलि सक्यो। पछिल्ला समयमा भइरहेका घटनाहरू यसका उदाहरण हुन। त्यस्तै अध्ययन अनुसन्धानबाट आएका तथ्याङ्कहरू लाई हेर्दा विवाह-पूर्वको यौन सम्बन्ध करिब-करिब सामान्य जस्तै बनिसकेको छ।
    यस विषयमा यौनका लागि सहमति दिने उमेर तोकि दिँदा सबैले त्यो उमेरमा सहमति दिनै पर्ने वा यौन सम्बन्ध राख्नै पर्ने भन्ने पनि होइन। त्यो त यस्तै कानुनी उल्झनहरू आइ लाग्दा मुद्दा मामिलाहरू पर्दा अनैच्छिक गर्भपतनका लागि, विशेष शारीरिक वा मानसिक अवस्थासँग जुधि रहेकाहरूका लागि, नियमले धेरै हदसम्म मद्दत गर्नेछ। सबै घटनाहरूमा यौन सम्बन्ध सहमतिको थियो कि असहमतिको थियो भन्ने कुरा महत्वपूर्ण हुन्छ। त्यसैले या त बालिग उमेर नै हो भनिँदिन पर्यो या त यसको कानुनी उमेर तोकिनु पर्यो। उदाहरणका लागि यदि १६ वर्ष पुगेपछि सहमति दिन सक्छ भन्ने भयो भने त्यही उमेर समूहका जोडीले एक आपसमा सहमतिमा यौनजन्य क्रियाकलापहरू गर्न पाउने भन्ने मान्यता हुन्छ। समाजमा भइरहेको पनि त्यस्तै छ तर कानुन त्यसको बरखिलाफमा छ। सतहमा थुप्रै समस्याहरू आइ परेका छन् र गहिराइमा प्रभावहरू। समस्याको समाधान कसरी गर्ने?
    धर्म मासिने समाज भासिने यी सबै चीजबीजहरू घटना बाहिर आएपछि मात्रै हुन्छन् जस्तो लाग्छ हामीलाई भित्र-भित्रै धमिराले खाए भन्दा पनि बढी घटनाहरू भइरहेका छन्।
    बलात्कार र असहमतिको यौन आकाश पाताल फरक विषय हो। यसलाई मौजुदा अपराध संहिताले तोरी र कोदो जस्तै मिसायो। त्यसलाई कानुन सच्याएर केलाउनु पर्छ।

  2. Deepak Avatar
    Deepak

    लेखाइ ठिक छ तर फैसला नआइ यस्तै हो भन्न नमिल्ला कि ! ब्यालेन्स मिलाउन खोजिएको छ । उमेर विवादमा कीर्ते कागजको कुरा पनि बाहिर आएको थियो त्यस विषयमा प्रवेश नभएको जस्तो पाए । सन्दिप समाज प्रति झन जिम्मेवार भने पक्कै हुन् ।

  3. सन्तोष शर्मा Avatar
    सन्तोष शर्मा

    ए पत्रकार महाेदय,
    “उनी १८ वर्ष उमेर पुगेकी बालिग युवती भएको अदालतले नै ठहर गरिसकेको छ ।” यो ठहर चाँही ठिक अनि जवर्जस्ती करणी ठहर चाँही गलत?
    के मुद्दा लड्नमा नै करोडौं खर्च हुने अवस्था छ ” भनेकाे उन्ले हालसम्म पनि कराेडाै खर्च गरि सके भनेकाे हाे ? के त्यो खर्चले नै बालिग ठहर गराएकाे र अब कराेडाैं खर्च गराएर सफाइ दिलाउन खोज्नेछन् भनेकाे हो?
    त्यस्तै बुझियो त पत्रकारज्यू ।
    अलि धैर्य गर्नुहोस्, उच्च, सर्वोच्चमा यी दुबै ठहरमा पुनरावलोकन होला ।
    एक कुरा याद गर्नुहोला, तपाइकै लेख अनुसार पनि पाताल सरही युवतीसंग उचाइकाे युवकले सहमतीय करणी गरेकाे छ । तर दुइ बीचकाे यस्ताे धरातलिय फरकको अवस्थामा त्यो सहमतीलाइ संसारका अदालतले मान्यता नदिइ जवरजस्ती करणी मान्दछ, महराले सफाइ पाए त्यो फरक कुरा हो ।
    तपाइ कै तर्कले त रामबहादुर बमजनलाइ तुरून्तै छोडेर सरकारले माफी माग्नु पर्छ, किनकी सन्दीपकाे मुद्दा जती पनि जवरजस्तीकरणीका कुनै ठाेष प्रमाण त्यहाँ छैनन् भेटिदैनन् पनि ।

  4. Ramesh GHIMIRE Avatar
    Ramesh GHIMIRE

    सत्य र तर्कंमा आधारित बिश्लेषण।

  5. ganesh khanal Avatar
    ganesh khanal

    उकृष्ठ आलेख । सर्बोच्चकाे वरिष्ठ न्यायाधीश बन्ने जस्ताे परिपक्वता ।

    1. Madhab poudel Avatar
      Madhab poudel

      यो लेखले वास्तविकता झल्कयेको छ।धन्यवाद ।

  6. Bhan bahadur Karki Avatar
    Bhan bahadur Karki

    VERY GOOD SIR

  7. दिपक ज्ञवाली Avatar
    दिपक ज्ञवाली

    अत्यन्त सान्दर्भिक, बस्तुपरक र यथार्थ लेखको लागि नेपाल प्रेसप्रती आभार। दिनको घाम जत्तिकै छर्लङ्ग पार्नु भएको छ यो फैसलाको सन्दर्भमा। अरु मिडियाले के लेख्छन के भन्छन भनेर नडराउनुस, मिडिया चिन्नै हैसियत छ पाठकमा। तपाईंले यसरी स्पस्ट कलम चलाउनुस।

    1. नारिबादि Avatar
      नारिबादि

      तर्क पुर्ण लेख

  8. Ram Avatar
    Ram

    सम्पादकज्यू,
    तपाईंको नोट अफ डिसेन्ट पढियो, चित्त बुझयो । यदि जिल्ला अदालतले गरेको फैसला उच्च वा सर्वोच्चले नसच्याउने र बलात्कारको पुर्नव्याख्या नहुने हो भने यसले समाजमा ठुलै विचलन ल्याउनेछ । महिलावादी/डलरवादीहरु र हनिट्रयापरहरुलाई यस फैसलाले ठुलै राहत मिल्यो होला तर यस्तो विभेदकारी कानूनले सिर्जना गर्ने दुरगामी परिणामका बारेमा विधायक महोदयहरुको गम्भीर ध्यानाकर्षण होस् । बदनियत भएका महिलाले तलाईं सन्दिप लामिछानेको हविगत बनाईदिन्छु भनेर ब्ल्याकमेल गर्ने स्थिति नआओस् । प्रायोजित कानूनले ल्याउने दुरगामी परिणामका बारेमा समयमै सचेत होऔं । सबैलाई चेतना भया ।

  9. Rajaram ghimire Avatar
    Rajaram ghimire

    अत्यन्त सान्दर्भिक, बस्तुपरक र यथार्थ लेखको लागि नेपाल प्रेसप्रती आभार। दिनको घाम जत्तिकै छर्लङ्ग पार्नु भएको छ यो फैसलाको सन्दर्भमा। अरु मिडियाले के लेख्छन के भन्छन भनेर नडराउनुस, मिडिया चिन्नै हैसियत छ पाठकमा। तपाईंले यसरी स्पस्ट कलम चलाउनुस।

  10. roj Avatar
    roj

    चिन्ता ‘खेलाडी’ सन्दीपको होइन । नेपालको क्रिकेटमा उनी अपरिहार्य छन् भन्ने पनि लाग्दैन । खासमा कोही पनि अपरिहार्य हुँदैनन् । सन्दीपजस्ता खेलाडी भविष्यमा आउलान् । नआए पनि केही भएन । तर, यो फैसलाले स्थापना गर्ने नजिर अलि खतरनाक छ । यसलाई नै अरु न्यायाधीशले पछ्याउने हो भने भोलि घर-घरमा ‘बलात्कारी युवाहरू’ भेटिनेछन् । अदालतले ५-१० लाख क्षतिपूर्ति भराइदिन्छ भन्ने भएपछि सहमतिकै सम्बन्धलाई पनि ‘बलात्कार’ भनेर मुद्दाका चाङ लाग्न सक्छन् । सुर्खेत, भक्तपुरलगायतका केही जिल्लामा त्यस्ता नजिर बनिसकेका छन् । त्यसबेला सिंगो देशलाई एउटा जेल घोषणा गर्नुपर्ने हुन सक्छ ।

  11. सीता भट्टराई Avatar
    सीता भट्टराई

    ती नाम दाम, क्रेज विहिन गाैसलालाई माईति नेपालले संरक्षण गर्दा बाेक्याे भन्नेले सन्दिप जस्ताे प्रभिलेज्ड, क्रेजवालालाई तिमी जस्ता जस्ता, नेपालप्रेस जस्ता, संसदहरु अनि दुनिया सेलिब्रेटिहरु, क्यान अादिले काँध बाेकेर हिडेकाे किन नदेखेकाे?

  12. Bimal Khanal Avatar
    Bimal Khanal

    १००% सहमत।

  13. जनक तिवारी Avatar
    जनक तिवारी

    100% सहमत , राम्रो लेख । यो विश्लेषण सहि छ ।

  14. Dhaka Ram Sapkota Avatar
    Dhaka Ram Sapkota

    सन्दिप लामिछाने तरुनीको शिकारमा रमाउने चरित्रहिन मान्छे हुन । भोलिपल्ट राष्ट्रिय टिमको कप्तान भएर बिदेश जानुपर्ने मान्छे तरुनी लिएर नगरकोट जानू नियतबस अाफेैले ढिलो गाडी चलाएर अाउनु राती सगै सुत्नु अनि भोलिपल्टवाट ब्लक गर्नु ले उनको नियत राम्रो देखिएन अनुचित प्रभावमा पारेर बलत्कार गरेको कुरा प्रष्ट छ । मर्दका सातवटी भन्ने जमाना छैन अब

  15. Ram Bahadur Avatar

    प्रायः सबै विषय सहमत हुन सकिने गरि उठाइएको छ। लेखकलाई धन्यवाद । यौन सम्बन्ध र बलात्कारको फरक धेरैले बुझ्न बाकी छ नेपालमा।

  16. JB Bam Avatar
    JB Bam

    धेरै धेरै धन्यवाद छ सर यसरी उजागर गरेमोमा। सत्य यहि हो यो बलात्कार नै थिएन यो दुईजना बिचको समभोग थियो र दुबै जनाले समान रुपमा भोग गरे।तर विभिन्न कारणले उचालेर डलरबादि भनौ या तथाकथित महिलाबादिले बलात्कार हो भन्न लगाए र मुद्दा हाले।सन्दीप बाट गल्ती भएकै हो तर अपराध होइन।धेरै केही भनिन मैले 100 भन्दा धेरै ठाउना बिचार राखे सामाजिक संजाल मार्फत तर गाली त्यै तेरो घरमामा छोरी छैनन बाहेक केही आएन।यो नजिर गलत छ एउटा खेलाडी भएर यो भनिएको यस्ले ल्याउने परिणाम निकै भयानक र डरलाग्दो हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *