रुपन्देहीमा नेपाल-भारत सुरक्षा अधिकारीको बैठक

रुपन्देही । रुपन्देहीमा बिहीबार भएको नेपाल-भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने र सबै प्रकारका गैरकानुनी कार्य नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने निर्णय गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाल–भारत संयुक्त सीमा समन्वय समितिको बैठकमा लागुऔषध, हतियार, सीमा सडक, मानव तस्करी, सीमावर्ती दशगजा क्षेत्रमा सञ्चालित साप्ताहिक हाटबजारका कारण नेपालको राजस्व तथा व्यापारमा परेको नकारात्मक प्रभाव र हाटबजारमा भीडभाड भएको मौका छोपेर गलत क्रियाकलाप हुने सम्भावना आपराधिक गतिवधिलाई बढावा पुग्ने सम्भावना देखिएकाले त्यसलाई हटाइदिन आग्रह गरिएको बताए ।

उनले सीमा क्षेत्रमा हुने हतियार तस्करी, लागूऔषध ओसारपसार, मानवबेचबिखन जस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सबै प्रकारका कानुन परिपालन गराउने र सूचना आदानप्रदान गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

नेपाल–भारत सीमा क्षेत्रका जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख तथा भारतीय सीमा क्षेत्रका जिल्ला महाराजगञ्ज र सिद्धार्थनगरका जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख बैठकमा सहभागी रहेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *