काठमाडौं । राप्रपाले ३०२ औं पृथ्वी जयन्ती काठमाडौं र देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । जसमा उपत्यकामा र्याली र चियापान कार्यक्रम हुने राप्रपालो जनाएको छ । उपत्यका बाहेकका विभिन्न जिल्लामा विभिन्न नेताहरु अतिथिको रुपमा सहभागी हुनेछन् ।
निर्देशन समिति अध्यक्ष डा.प्रकाश चन्द्र लोहनी र महामन्त्री राजेन्द्र गुरुङ्ग उदयपुरमा, वरिष्ठ नेता, उपाध्यक्ष मा.ध्रुब बहादुर प्रधान नवलपरासीमा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र कास्कीमा, महामन्त्री डा.धवल शम्शेर राणा मोरङमा, महामन्त्री कुन्ती कुमारी शाही बककाकेमा, प्रवक्ता मा.ज्ञानेन्द्र शाही गोरखामा आयोजित कार्यक्रममा सहभागी हुने राप्रपाले जनाएको छ ।
कुन जिल्लामा को को सहभागी हुँदै ?
यसैगरी ताप्लेजुङ्ग इन्द्र प्रसाद थापा, पाँचथर प्रेमराज थाम्सुहाङ्ग, धनकुटा पवित्रा श्रेष्ठ, तेह्रथुम होमभक्त कुरुवाङ् संखुवासभा दिपेन्द्र भण्डारी, भोजपुर आजेस राई, सोलुखुम्बु ए.जी. शेर्पा, ओखलढुंगा अम्बिका देवी थापा, खोटाङ्ग अर्जुन राई, विजयकला राई, इलाम रमेश रिजाल, सुनसरी रामकुमार सुब्बा, झापा राम थापा, सप्तरी राम प्रताप साह (भोला), सिराहा मनोज मल्ल, धनुषा मोहन यादव, महोत्तरी रामनारायण साह (सुनिल), सर्लाही शिव शकंर यादव, रौतहट प्रमोद गोयन्का, बीरेन्द्र प्रसाद लाल कर्ण, बारा अंगद ठाकुर, पर्सा डा. राजेश गिरी, दोलखा धन बहादुर बुढा, रामेछाप राजन खतिवडा, रसुवा रन्जन कार्की, सिन्धुली मीरा कुवँर, सिन्धुपाल्चोक प्रविण कुमार थोकर, काभ्रेपलान्चोक निरञ्जन थापा, मकवानपुर राम थोकर, नुवाकोट झनक प्याकुरेल, धादिङ्ग दिपक कुमार राई, चितवन रिना गुरुङ्ग, लमजुङ्ग सन्त बहादुर बस्नेत, म्याग्दी भिम प्रसाद गौचन, पर्वत शंकर खराल, तनहुँ शुशिला के.सी, स्याङजा भीमसेन गुरुङ्ग, बाग्लुङ्ग देवी कँडेल, नवलपरासी (सुस्तापूर्व) मा.विन्दु पौडेल, अर्घाखाँची प्रमोद मिश्र, प्युठान सुवास पण्डित, रोल्पा सरिता देवकोटा, रुकुमपूर्व केशव चन्द्र समाल, गुल्मी भरत बहादुर चन्द, पाल्पा नारायण कोइराला, बर्दिया मा.गीता बस्नेत, कपिलबस्तु ताहिर अली, दाङ्ग ऋषिराज देवकोटा, रुपन्देही अनुपमान सैंजु, डोल्पा अंगद बुढा, जुम्ला भिम बहादुर शाही, कालिकोट दिप बहादुर शाही, मुगु काली बहादुर शाही, सल्यान अनुबम सिंह श्रेष्ठ, जाजरकोट दिपक खनाल, रुकुम पश्चिम सौरेन्द्र बहादुर शाह, सुर्खेत जनक बहादुर सिंह, दैलेख बबिता शाही, बझाङ्ग पूर्ण बहादुर चन्द, बाजुरा जङ्ग कुमार गिरी, डडेल्धुरा गणेश चन्द, बैतडी गणेश विष्ट, दार्चुला राजेश चन्द, अछाम गोविन्द कडायत, कञ्चनपुर विरेन्द्र बम र कैलाली धर्मराज जोशी सहभागी हुने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

Leave a Reply