राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार जिताउन जिल्लासम्मै समन्वय समिति बन्ने, संयोजकमा लेखक

काठमाडौं । सत्ता गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठक पहिलो बैठक बसेको छ। आज बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि गठबन्धनको उम्मेदवार जिताउन आह्वान गरेको हो।

बैठकले राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा समिति सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गरेको छ ।

सात वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति २०८० र ७७ वटै जिल्लामा राष्ट्रियसभा निर्वाचन जिल्ला समन्वय समिति २०८० गठन गर्ने निर्णय पनि गरिएको छ ।

हिजो बसेको गठबन्धन बैठकले गठबन्धनको उम्मेदवार जिताउन ४ सदस्यीय समन्वय समिति गठन गरेको थियो । समितिमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादीबाट वर्षमान पुन, नेकपा एसबाट राजेन्द्रप्रसाद पाण्डे र जसपाबाट मनिष सुमन रहेका छन् ।

Comments

One response to “राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार जिताउन जिल्लासम्मै समन्वय समिति बन्ने, संयोजकमा लेखक”

  1. ksp pyl Avatar
    ksp pyl

    नेपाल दिल्ली सेवकहरूको समन्वय समिति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *