कांग्रेसलाई विदेशीहरूको दलाली र चाकडी गर्ने भनेर आरोप लाग्ने गरेको छ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसलाई विदेशीहरुको दलाली र चाकडी गर्ने भनेर आरोप लाग्ने गरेको टिप्पणी गरेका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रममा कम्युनिष्टहरु मात्रै देशभक्त हुने उनको दाबी छ ।

त्यसबारे उनको भनाइ जस्ताको तस्तैः

अहिले पनि राजा ल्याएर इतिहासको चक्का पछाड्ने धकाल्ने प्रयास हुँदैछ । त्यसमा विश्लेषण गर्नुस् राजा ल्याएर के हुन्छ ? राजा ल्याउँदा देशले के पाउँछ ? हिजो हामीले राजालाई किन फाल्यौं भनेर चिन्तन मनन गर्नुभयो भने बुझ्नुहुन्छ । राजा महाराजाको कुनै काम छैन ।

एउटा समय थियो । राजा रहने भने नेपालको अस्तित्व संकटमा पर्छ भन्ने । त्यसबेला नेपाली कांग्रेसलाई देशभक्ति शक्तिको रुपमा मान्छेले लिने गरेका थिएनन् अझै पनि प्रश्न उठ्ने गरेको छ । विदेशीहरुको दलाली र चाकडी गर्ने भनेर आरोप लाग्ने गरेको छ । तर, कम्युनिष्ट पार्टीहरुले नै जनतामा देशलाई माया गर्नुपर्छ देशको स्वतन्त्रता र स्वाविभानको विरुद्ध लड्नुपर्छ भनेर प्रचार गर्यो । त्यसैले अब वंशको शासनको जमाना गयो अब ।

जनताले आफूले मन पराएका पार्टीहरुलाई रोज्छन् त्यो कुरामा हामीले ध्यान दिनुपर्छ । त्यसैले राजतन्त्रको पक्षमा भइरहेको गतिविधिप्रति सजक र सर्तक पनि हुनुपर्यो र चुनौतीको सामना गर्ने आँट पनि राख्नुपर्यो ।

Comments

One response to “कांग्रेसलाई विदेशीहरूको दलाली र चाकडी गर्ने भनेर आरोप लाग्ने गरेको छ : माधव नेपाल (भिडिओ)”

  1. gdp Avatar
    gdp

    माधव नेपााललाई नेपाली कांग्रेसको दलालि र चाकडी गर्ने भनेर अाराेप लाग्ने गरेकाे छ,स्वघाेषित बडे ताज्यु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *