काठमाडौं । हिजो पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई सीआईबीले आज सार्वजनिक गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उनलाई सार्वजनिक गरेको हो ।

सेतो ज्याकेटमा देखिएका बम्जनलाई हत्कडीसहित प्रहरीले सार्वजनिक गरेको हो । उनी चिन्तित मुद्रामा देखिएका छन् ।
बम्जनमाथि व्यक्ति बेपत्ता, बलात्कारलगायतको आरोप छ । उनलाई आजै अदालतबाट म्याद थप गरी सर्लाही लैजाने तयारी प्रहरीको छ ।

Leave a Reply