सत्तापक्षले घेराबन्दी गर्दैछन्, नयाँ भन्नेहरू र राजावादीको प्रहार पनि एमालेमाथि छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरलेले सरकार असफल र जनताप्रति उदासीन भएको आरोप लगाएका छन् ।

गल्मीमा आयोजित एक कार्यक्रममा बोल्दै मुलुकमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढेको बताए ।

उनले भने- राज्य र नागरिक मिलेर मात्रै देश बन्छ। तर, जनतामा देखिएको निराशाले राष्ट्र निर्माण सम्भव छैन। त्यो गठबन्धनले गर्न पनि सक्दैन। प्रतिपक्षको काम नै विरोध गर्ने भनेर उडाउने धैर्यता राख्यो प्रतिपक्ष कहाँ छ भनेर प्रहार गर्ने, एमाले सरकारमा छैन तर सत्तापक्षको प्रहार एमालेमाथि छ। नयाँ भन्नेहरूको पनि प्रहार एमालेमाथि नै छ। धेराबन्दी गर्दैछन्। राजावादी भन्नेहरूको निशानामा पनि एमालेमाथि हुँदैछ। एमाले भविष्यको यात्रामा हिँडेकाले उनीहरूले आफ्नो स्वार्थको बाधक देखेकाले आक्रमण गर्दैछन्।

सरकारको क्रियाकलापबाट जनतामा निराशा बढेको भन्दै एमालेले आफूलाई खरो ढंगले प्रस्तुत गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *