घरेलु टोली पराजित गर्दै गण्डकी सेमिफाइनलमा

सुर्खेत । कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै गण्डकी प्रदेश राष्ट्रय भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार कर्णाली राजधानी वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा समुह चरणको अन्तिम खेलमा (घरेलु टोली) कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी समूह ‘बी’ को उपविजेता बनेको हो ।

गण्डकीले कर्णालीलाई २५–२१, २५–२१ र २५–२१ को सेटमा हराएको हो । बुधबार (भोलि) सेमिफाइनलको पहिलो खेलमा गण्डकीले समूह ‘ए’ को विजेता एपीएफसँग खेल्नेछ ।

दिनको दोस्रो खेलमा समुह ‘बी’ को विजेता त्रिभुवन आर्मी क्लब र समुह ‘ए’ को उपविजेता नेपाल पुलिस क्लबबीच हुनेछ ।

समुह ए’ को उपविजेता बन्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको थियो । आजै भएको खेलमा पुलिसले कोशी प्रदेशलाई २५–१५, २५–१९ र २५–११ ले पराजित गरेको हो । नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भएको प्रतियोगिता पुस २६ गतेसम्म सञ्चालन हुनेछ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *