भिजिट कर्णाली यातायातद्वारा १ करोडको लगानीमा १८ गाडी सञ्चालन

सुर्खेत । कर्णाली प्रदेशमा भिजिट कर्णाली यातायात प्रालिले कर्णालीलाई पर्यटकीय हब बनाउन भन्दै यातायात सेवा सुरु गरेको छ । एसी हिटर र लगजरी सिटसहितको १८ वटा स्कारपियो सञ्चालनमा आएका हुन् ।

मङ्गलवार वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा ‘समृद्ध कर्णालीको लागि पर्यटन, पर्यटनका लागि भिजिट कर्णाली’ नाराका साथ आरामदायी स्कारपियो सेवा सुरु गरेको जनाएको छ ।

१ करोडको लगानीमा १८ वटा गाडी सञ्चालन हुने अध्यक्ष प्रकाशकुमार शाहीले जानकारी दिए ।

कामको सिलसिलामा विदेशीने केही युवाहरूका लागि रोजगारीको अवसर उक्त प्रालीले दिने अध्यक्ष शाहीले बताए । उनका अनुसार सेयर सदस्यबाट स्कारपियो भाडामा लिएर सञ्चालन गरिएको जनाए ।

कर्णाली प्रदेशका पर्यटकीय स्थल मुगुको रारा जुम्लाको चन्दनाथ कालिकोटको पचालझरना, दैलेखको पञ्चकोशी महायुधाम सल्यानको कपिण्डेदह हुदै खैराबाइ, जाजरकोटको खलङ्गा, रुकुमको खला मुसिकोट जस्ता अन्य ठाउँमा प्रालिले पर्यटक तथा यात्रुहरूलाई गुणस्तरीय सेवा दिने उद्देश्यका साथ प्रालीको स्थापना गरिएको भिजिट अध्यक्ष प्रकाशकुमार शाहीले जानकारी दिए ।

साथै, यात्रु सम्पर्क र टिकट बुकिङका लागि दैलेख को नारायण नगरपालिका, भगवतीमाईको वेस्तडा, जाजरकोटको सुयाडा दसेरा, कालिकोटको, मान्म, जिते, रासकोट, जुम्लाको चन्दनाथ मंदिर चोक, मुगुको गमगढि र रारा बेस रहेको अध्यक्ष शाहीले बताए ।

‘समयको माग सँगै यातायात सेवालाई सहज र मर्यादित डिजिटल प्रविधि मैत्री बनाउनका लागि आफ्नै एप्स बनाई अनलाइन टिकट बुकिङ को तयारी गरेका छौँ’ अध्यक्ष शाहीले भने, ‘कर्णाली प्रदेश भन्दा बाहिरका यातायात व्यावसायीहरुसँगको सहकार्यमा काठमाडौंको ट्याक्सीमाडौं एपको प्रयोग गरी विश्वका सबै ठाउँहरूबाट टिकट बुकिङ गर्ने गरी तयारी गरेका छौ । प्रत्येक गाडीहरूमा अनिवार्य कर्णाली प्रदेशका प्रमुख पर्यटकीय स्थलहरूका स्टीकरहरु टाँस गरी प्राली पर्यटनको प्रचार र प्रवर्द्धनमा टेवा पुग्ने छ।’

साथै, सुर्खेत उपत्यका भित्रका यात्रुहरूलाई श(शुल्क घरदैलो सेवा दिने व्यवस्था गरिएको अध्यक्ष शाहीले जानकारी दिए । एक गाडीमा एक जना ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्ग नागरिकका लागि भाडामा ५०% छुट दिने व्यवस्था पनि गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *