दलहरूले संविधानको धारा २६९ को उल्लंघन गरेको भीम रावलको आरोप

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपालका राजनीतिक दलहरूले फेरि संविधानको धारा २६९ को उल्लङ्घन गरेको आरोप लगाएका छन्।

राष्ट्रियसभामा प्रतिस्पर्धात्मक लोकतन्त्र र जनप्रतिनिधित्वको मूल्य र मान्यता कुल्चेको उनको भनाइ छ।

उनले ट्विटरमा लेखेका छन्, ‘नेपालका राजनीतिक दलहरूले फेरी संविधानको धारा २६९ को उल्लङ्घन गरेका छन्। प्रतिस्पर्धात्मक लोकतन्त्र र जनप्रतिनिधित्वको मूल्य र मान्यता कुल्चेका छन्।’

राष्ट्रिय सभालाई दलीय गुट स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य जारी राखेका छन्। संविधान लेख्दाका उद्देश्य र अपेक्षामा घात गरिएको छ।

राष्ट्रिय सभालाई दलीय गुट स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य गरेको भन्दै संविधान लेख्दाका उद्देश्य र अपेक्षामा घात गरिएको टिप्पणी गरेका छन्।

Comments

One response to “दलहरूले संविधानको धारा २६९ को उल्लंघन गरेको भीम रावलको आरोप”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    comfortable government को स्वरूप चरित्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *