आरती शाहको पक्षमा मानवअधिकार आयोग अगाडि प्रदर्शन गर्दा तीनजना पक्राउ

काठमाडौं । आरती शाहको हत्याका विषयमा मानवअधिकार आयोग अगाडि विरोध प्रदर्शन गर्दा प्रहरीले धरपकड गरेको छ । आयोगलाई खबरदारी गर्न गएको समूहलाई आयोग पदाधिकारीले भेट्न नमानेपछि प्रदर्शन गरिएको थियो ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई ललितपुर प्रहरी परीसरमा राखेर केही बेरपछि छोडिएको थियो ।

प्रदर्शनकारीले आरती शाहको हत्यालाई लिएर आयोगले बनाएको प्रतिवेदन जलाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *