विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको बताएका छन् । उनले माघ १५ गते भित्रमा प्रहरी समायोज हुने भन्दै त्यसको पूर्वतयारीमा जुट्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई निर्देशन दिएका छन् ।
उनले कर्मचारीहरुलाई निर्देशन दिँदै आवश्यक तयारी गरिसक्नु पर्ने बताए । आन्तरिक मामिला तथा कानून मन्त्रालयको अनुगमन गर्दै मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन माघ १५ गतेभित्र प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिवद्वता जनाएको बताए ।
‘प्रहरी प्रदेशमा आएपछि त्यसको सञ्चालन, सरूवा, बढुवाको विधि निर्माण गरेर पूर्वतायरीमा लाग्नुको विकल्प छैन’, उनले भने, ‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको मन्त्रालय भएकाले जनतामा महशुस हुने गरी काम गर्नूहोस् ।’
बजेट कार्यान्वयनको लागि द्रूत गतिमा मन्त्रालयको कामकाज अगाडि बढाउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले बजेट पूर्णरुपमा कार्यान्वयन भएमा जनतासम्म सरकार पुगेको महसुस हुने बताएका छन् ।

Leave a Reply