जनकपुरधाम । राष्ट्रियसभा सदस्यका लागि सत्ता गठबन्धनबाट मधेश प्रदेशमा पूजा चौधरी र आनन्द ढुंगाना मनोनयन दर्ता गराएका छन् ।
तामझामसहित जनकपुरधामस्थित निर्वाचन कार्यालय पुगेर चौधरी र ढुंगाना मनोनयन दर्ता गराएका हुन् । चौधरी जसपा र ढुंगाना कांग्रेसका हुन् ।
धनुषाका ढुंगाना कांग्रेस केन्द्रीय सदस्य र पूर्व सांसद छन् । रौतहट घर भएकी चौधरी प्रदेशसभा सदस्यमा पराजित भएकी थिइन् ।

Leave a Reply