बागमतीमा गठबन्धनका उम्मेदवारले गरे मनोनयन

हेटौँडा । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि सत्तारुढ गठवन्धनका दलले उम्मेदवारी दर्ता गरेका छन् । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडा पुगेर सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका चारजना उम्मेद्वारले मनोनयन दर्ता गरेका हुन् ।

सत्तारुढ दलको तर्फबाट नेपाली काग्रेसका जितजंग बस्नेत (अन्य) र विष्ण्ुदेवी पुडासैनी (महिला) क्लस्टरबाट उम्मेदवारी दर्ता गरेका हुन् । माओवादी केन्द्रको तर्फबाट श्रीकृष्ण अधिकारी तथा एकीकृत समाजवादीको तर्फबाट दलित कोटामा घनश्याम रिजालले मनोनयन दर्ता गरेका छन् ।

राष्ट्रियसभामा आगमी फागुन २० गतेबाट बागमती प्रदेश अन्र्तगतमा रहेका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको छ ।

बागमती प्रदेशमा ११० प्रदेश सांसदको ५ हजार ८३० मतभार, स्थानीय तहका २३८ जनप्रतिनिधिको ४ हजार ५२२ मतभार गरी कूल १० हजार ३५२ मतभार रहेको छ । बागमती प्रदेशमा कांग्रेसको ४ हजार १३, एमालेको २ हजार ५७१, माओवादीको २ हजार १९६, नेकपा एसको ५४२, राप्रपाको ७०८, नेमकिपाको १९७ ,हाम्रो नेपाली पार्टीको १०६, र स्वतन्त्रको १९ मतभार रहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *