सहकारीले बचत तथा ऋणमा मात्रै ध्यान दिए, कृषि क्षेत्रलाई समेट्न सकेन : सभामुख घिमिरे (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीले कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिडेटको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै सभामुख घिमिरेले सहकारीले बचत तथा ऋणमा मात्रै ध्यान दिएको तर कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका हुन् ।

कृषिलाई आधुनिक ढंगले अघि बढाउने, बाँझो जमीनलाई उत्पादनमूलक बनाउने र उत्पादनसँगै बजारीकरणका लागि पनि सहकारीले सेवा केन्द्रीत गर्नुपर्ने उनले बताए ।

उनले तीन खम्बे अर्थनीतिका आधारमा सहकारीको माध्यमबाट राज्यले लगानी गर्ने र त्यसमा नीजि क्षेत्रलाई सहभागी गर्दै अघि बढ्नुपर्ने बताए ।

सभामुख घिमिरेले सहकारी क्षेत्रको कानून निर्माणका साथै बजारीकरणमा देखिएको समस्यालाई सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

उनले राजनीतिक परिर्वतन गर्दै कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा बिकास गर्दै लैजानुपर्ने उल्लेख गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *