गण्डकीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

पोखरा । राष्ट्रियसभा चुनावका लागि नेकपा एमालेबाट गण्डकी प्रदेशमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटाले प्रदेश निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

गण्डकी प्रदेशबाट निर्वाचित भई राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *